डुडुवामा स्तरिय उपचार पद्धती तालिम

१५ असार २०७७, सोमबार १८:१२
 

सदरलाइनडटकम,
डुडुवा (बाँके) : बाँककोे डुडुवा गाउँपालिकामा स्तरिय स्वास्थ्य उपचार पद्धती सम्वन्धी साथी समुह दुई दिने तालिम सोमबार सम्पन्न भएको छ ।

गाउँपालिका अन्र्तगत रहेका विभिन्न स्वास्थ्य संस्थाहरुमा एउटै रोगमा एउटै औषधी र मात्रामा एकरुपता गर्ने उद्देश्यले तालिम आयोजना गरिएको हो ।

डुडुवा गाउँपालिका स्वास्थ्य शाखाले आयोजना गरेको सो तालिममा वडा एकदेखि ६ सम्म रहेका स्वास्थ्य चौकी इन्चार्ज र ओपिडीमा बस्ने स्वास्थ्यकर्मीहरुको सहभागिता रहेको तालिममा स्थानीय उपचार पद्धती अनुसार विरामीले स्वास्थ्य चौकीबाट उपचार पाएको छ, छैन ? चाहिने औषधी वितरण गरिएको छ, छैन ? रोग अनुसारको औषधी र त्यसको असर लगायतका बारेमा औषधी व्यवस्था विभागका फर्मासिष्ट डा. अशोक शर्माले सहजीकरण गरेका थिए ।


तालिमको समापन गर्दै गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले गाउँपालिकाले उपलब्ध गराउने स्वास्थ्य उपचार सेवा पद्धतीमा एकरुपतामा जोड दिदै औषधी र मात्रामा कही कतै फरक गर्न नहुने बताए ।

उनले स्वास्थ्य सम्बेदनशिल क्षेत्र भएकाले गम्भीर भएर रोग अनुसारको औषधी र मात्रा दिन स्वास्थ्यकर्मीलाई अनुरोध गरे ।

कार्यक्रममा स्वास्थ्य कार्यालय बाँकेका प्रमुख धीरजंग शाह, गाउँपालिका प्रमुख प्रशासकिय अधिकृत प्रशुराम उपाध्याय, कार्यपालिका सदस्य लिलावती यादव र स्वास्थ्य शाखा प्रमुख धनबहादुर बुढा लगायतले आ–आफ्नो भनाई राखेका थिए ।

Next Post

नेपालगञ्जमा राप्रपा निकट महिला संगठनद्वारा बिरोध प्रदर्शन

१५ असार २०७७, सोमबार १८:१२
सदरलाइनडटकम, नेपालगञ्ज : राप्रपा निकट राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनद्वारा सोमवार बाँकेको नेपालगञ्जमा विरोध प्रर्दशन गरिएको छ । कोरोना संक्रमणको संत्रासका बीचमा नेपालगञ्जमा कोरोनाको पिसिआर टेष्टको दायरा बढाउन माग गर्दै बिरोध प्रदर्शन गरिएको हो । नेपालगन्जका चारवाहीनी रोडबाट निस्केको विरोध प्रर्दशन नेपालगञ्जको भेरी अस्पतालरोड, सदरलाइन हुदै त्रिभुवन चोकमा पुगि कोणसभामा परिणत […]