सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा बुधवार कोरोना भाइरसका ६२९ जना संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा ६२९ संक्रमित थपिएका हुन् । कुल कोरोना संक्रमितको संख्या १० हजार ७२८ पुगेको छ ।
हालसम्म देशभर कोरोना संक्रमणको उपचारपछि दुई हजार ३३८ जना डिस्चार्ज भएका छन् । पछिल्लो २४ घण्टामा देशभरका विभिन्न अस्पतालबाट ११४ डिस्चार्ज भएका छन् । जसमा ८ महिला र १०६ पुरुष रहेका छन् ।
हालसम्म देशभरका २२ प्रयोगशालाबाट पीसीआर परीक्षण भइरहेको छ । पछिल्लो २४ घण्टामा ६ हजार ८२८ जनाको पीसीआर परीक्षण गरिएको छ । देशभरका विभिन्न क्वारेन्टिनमा ७८ हजार ६३९ मानिसहरु रहेका छन् भने आइसोलसनमा ८ हजार ३६६ कोरोना संक्रमितहरु रहेका छन् । हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २४ पुगेको छ ।
Next Post
नेपालगञ्ज प्रदेशको राजधानी नभए कर्णाली जाने उप–महानगरको नीति तथा कार्यक्रम पारित
१० असार २०७७, बुधबार १८:०३
सम्बन्धित
-
२६ पुष २०७६, शनिबार १०:४१
नेपालगञ्ज उद्योग बाणिज्य संघको निर्वाचन
-
२० आश्विन २०७८, बुधबार १५:४१
‘भेरी अस्पताल विकास समितिको सटर भत्काउने निर्णय हठात’
-
१८ मंसिर २०८०, सोमबार १५:४४
डुडुवाका लेखा अधिकृतको मोटरसाइकल भेटियो
-
१२ फाल्गुन २०७४, शनिबार १६:३०
मासु उत्पादन तथा बजारीकरण तालिम सम्पन्न
-
१७ माघ २०७५, बिहीबार ०७:२८
प्रथम नरैनापुर दौड–२०७५ को तयारी अन्तिम चरणमा
-
३० श्रावण २०७६, बिहीबार १३:३७
मन्दिरको सुन्दरता नमासौ