बर्दियामा एकैदिन थपिए ३१ जना कोरोना संक्रमित

३ असार २०७७, बुधबार १४:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बर्दियामा बुधवार एकैदिन थप ३१ जना कोरोना भाइरस संक्रमित भेटिएका छन् । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा बर्दियाका ३१ र बाँकेका १ गरि ३२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
बाँके बैजनाथ ६ की ४६ बर्षीया एक महिलाको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचारकै क्रममा मंगलवार मृत्यु भएको थियो । उनको मृत्युपछि स्वाब परीक्षण गर्दा कोरोना पुष्टि भएपनि उनी ‘लुपुस नेफ्रिटिस’ जस्ता दीर्घ रोगबाट ग्रसित रहेको भेरी अस्पतालले जनाएको छ ।
यसैगरी बर्दिया बढैयातालका २६ जना, राजापुरका १ र बासगढीका ४ गरी ३१ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालले जारी गरेको सूचनामा उल्लेख छ ।


Next Post

बाँकेमा भेटियो बेवारिसे शव

३ असार २०७७, बुधबार १४:०३
सदरलाइनडटकम, कोहलपुर (बाँके) : बाँकेमा एक पुरुषको बेवारिसे शव भेटिएको छ । राप्तीसोनारी गाँउपालिका ८ स्थित चंगाई नालाको पुलमा बेवारिसे शव भेटिएको हो । पुल मुनि खोलाको बगरमा शव देखेपछि स्थानीयले खबर गरेको ईलाका प्रहरी कार्यालय कोहलपुरले जनाएको छ । अन्दाजी ४० वर्षीय पुरुषको शव विच्छेदनका लागि भेरी अस्पताल नेपालगञ्ज […]

सम्बन्धित