सदरलाइनडटकम,
नेपालगञ्ज : देशभर थप ३ सय ८० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको नियमित मिडिया ब्रिफिङअनुसार मंगलवारसम्म कुल संक्रमितको संख्या ६ हजार ५ सय ९१ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमका अनुसार यीमध्ये ६ हजार ९२ पुरुष र ४ सय ९९ महिला छन् ।


