२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

डुडुवाका १७ घर फर्किए, दुई थपिए



सदरलाइनडटकम,
डुडुवा (बाँके)  : बाँकेको डुडुवा गाउँपालिकाको विभिन्न आईशोलेशन सेन्टरमा रहेका १७ जनाले कोरोना जितेर घर फर्केका छन् ।

डुडुवा गाउँपालिका वार्ड नं. १ अन्र्तगत रहेको सन्तलियास्थित आइसोलेशनबाट १० जना र वार्ड नं.४ को शाहपुर्वा आइसोलेशनमा रहेका ७ जनाको रिपोर्ट नेगेटिभ आएपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मापदण्ड बमोजिम घर पठाइएको हो ।

उनीहरु सबैलाई गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरी, स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले विदाई गरेका थिए । डुडुवा गाउँपालिकामा पुराना कुल २५ जना कोरोना संक्रमित सबै घर फर्किसकेका छन ।

यसैगरि डुडुवामा आज आइतबार थप दुई जनामा कोरोना संक्रमणको पुष्टी भएको छ । डुडुवा गाउँपालिका वार्ड नंं १ का १९ वर्षिय पुरुष र वार्ड नं. ३ का २२ वर्षिय पुरुषमा कोरोना संक्रमण देखिएको भेरी अस्पतालको रिपोर्टमा उल्लेख छ ।

संक्रमित दुबै जनालाई पालिकाको ४ नं. स्थित आधारभुत विद्यालय शाहपुर्वाको आइसोलेशन सेन्टरमा राखिएको गाउँपालिका स्वास्थ्य शाखा संयोजक धनबहादुर बुढाले जानकारी दिए ।

प्रकाशित मिति : २०७७ जेठ ३२ गते आइतबार
ताजा समाचार