सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा थप तीन जनामा कोरोना संक्रमण पुष्टि भएको छ । भेरी अस्पताल नेपालगञ्जमा गरिएको परीक्षणमा खजुराका ३ जना, बर्दियाका १ र रोल्पाका २ जनामा कोरोना पुष्टि भएको हो ।
पछिल्लो २४ घण्टामा देशभरमा थप २ सय १३ जनामा कोरोना पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रलायले जनाएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३ हजार ४ सय ४८ पुगेको छ । ४ सय ६७ जना डिस्चार्ज भएका छन् भने संक्रमणका कारण १३ जनाको मृत्यु भएको छ ।


