सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा चार जना कोरोना संक्रमित निको भएर घर फर्किएका छन् । शनिवार दिँउसो खजुरास्थित शुशिल कोइराला प्रखर क्यान्सर अस्पतालमा रहेका संक्रमितहरुलाई घर पठाइएको हो ।
बाँकेको पहिलो कोरोना संक्रमित स्वास्थ्यकर्मी, पत्रकार र प्रहरीसहित चार जना डिस्चार्ज भएको बताइएको छ । नेपालगञ्ज वडा नं. २ निवासी कोरोना संक्रमित स्वास्थ्यकर्मी बाँकेको खजुरामा कार्यरत थिइन् भने पत्रकार उनका श्रीमान् हुन् ।
त्यस्तै गुल्मी घर भएका प्रहरी नरैनापुरमा कार्यरत छन् । उनीसहित नरैनापुरकै थप एक जनालाई डिस्चार्ज गरिएको भेरी अस्पतालकी प्रमुख नर्सिङ बिभाग दुर्गा लक्ष्मी शाकयले जानकारी दिइन् । शनिवार डिस्जार्च भएकाहरुसंगै बाँकेमा कोरोनाबाट निको भएर फर्किनेको संख्या ४६ पुगेको छ ।
Next Post
योजना आयोगलाई नेपालगञ्जको ध्यानाकर्षण पत्र
२४ जेष्ठ २०७७, शनिबार १७:०८
सम्बन्धित
-
१३ पुष २०७८, मंगलवार १५:४५
ट्रयाक्टरमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु
-
२८ श्रावण २०७७, बुधबार १५:०२
बलिउड अभिनेता संजय दत्तलाई तेस्रो चरणको क्यान्सर
-
२५ बैशाख २०७५, मंगलवार ११:४८
प्रहरीलाई पानी बितरण
-
८ असार २०७७, सोमबार ११:३५
कोरोना कहर : प्रदेश ५ का कुन जिल्लामा कति संक्रमित ?
-
२५ कार्तिक २०८१, आईतवार १७:१३
बाग्मतीमा सत्ता साझेदार काँग्रेस–एमालेको संयन्त्र निर्माण
-
२३ माघ २०७९, सोमबार १४:२०
दाङको तुलसीपुरमा नवजात शिशुको शव फेला