नरैनापुरमा विद्युतीकरण तीब्र गतिमा केही दिन भित्रै विद्युत पुग्ने

२१ जेष्ठ २०७७, बुधबार ०७:३७
 

सदरलाइन / रुद्र सुवेदी,
नेपालगञ्ज :  बाँकेको नरैनापुर क्षेत्रमा बिद्युतीकरणको लागि तीब्ररुपमा काम सुरु भएको छ । कोबिड–१९ नोबल कोरोनाको ‘हटस्पट’ भएको बाँकेको नरैनापुरमा विद्युत अभावको कारण आईशोलेशन निर्माणमा असहज भएको कारणले सो क्षेत्रमा विद्युतिकरणको लागि तीब्र रुपले काम अघि बढाईएको हो ।

सो निर्बाचन क्षेत्रबाट प्रदेश सभा प्रतिनिधित्व गर्ने सांसद् कृष्णा केसी नमुनाले नरैनापुर क्षेत्रमा विद्युत अभावको कारण सदियौदेखि अन्धकारमा बस्न बाध्य भएको बताउदै अब केही दिन भित्रै विद्युत पुराउने गरी तीब्र गतिमा काम अघि बढाईएको जानकारी दिईन ।

‘नरैनापुरमा विद्युत एका देशको कथा झै भएको थियो तर, विगतको केही समय यताको प्रयासले अब औलामा गनिने दिनमै विद्युत बाल्ने तयारी गर्दै छौ’– उनले भनिन । करिव २२ वर्ष अघिदेखि नरैनापुरमा विद्युतिकरणको लागि विद्युतका पोल गाडिएको भए पनि ती पोलमा तार र करेन्ट नहुँदा नरैनापुर अन्धकार मै रुमल्लिएको थियो । प्रदेश सभा सदस्य नमुनाको निरन्तरको प्रयासले मात्रै पनि लकडाउनको बेलामा तीब्र गतिमा काम सुरु भएको हो ।

उनले तत्काल प्राथमिक स्वास्थ्य केन्द्र रहेको लक्ष्मणपुरसम्म विद्युत पुर्याउन आफू लागि परेको जानकारी गराउँदै निरन्तरको प्रयासपछि काम शुरु भएको बताईन ।

बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले नरैनापुरक्षेत्रमा विद्युतीकरणको लागि काम तीब्र रुपले अघि बढाउन आफुले निर्देशन दिएको बताउदै फिल्डमा काम गर्दा कुनै पनि असहज भए त्यसलाई समाधान गर्न आफुले पूर्ण सहयोग गर्ने बताए

उनले भने–‘तपाईहरु काम सुचारु राख्दै छिटो सक्ने तयारी गर्नुहोस असहज भयो काममा कुनै अवरोध आयो भन्ने जानकारी आउने वित्तिकै समस्याको समाधान हुने छ ।’ त्यसक्रममा विद्युत विस्तारको काम थालिएको ‘साइट’ को पनि निरिक्षण गरिएको थियो ।


गाउँपालिकाका अध्यक्ष इस्तियाक अहमद शाहले गाउँपालिकाले आफ्नो स्रोत, साधन र जनशक्तिले भ्याएसंग व्यवस्थापन गरिरहेको जानकारी गराउँदै तत्काल विजुली उपलब्ध हुन सके क्वारेन्टाइन व्यवस्थापन र आइसोलेसन निर्माण गर्न सहज हुने बताए ।

विद्युत विस्तारको काम गरिरहेको निर्माण कम्पनीका प्रतिनिधि त्रिलोक धितालले अबको १५ दिनभित्र विद्युतीकरणको सबै काम सकिने दाबी गरे । उनले केही ठाँउमा पोल गाड्न बाँकी रहेको बताउदै काम गर्ने बाताबरण भएसम्म आफुहरुले काम गरेर भनेकै समयमा नरैनापुरमा विद्युत पुराउने बताए ।

यो पनि पढ्नुहोस .

लकडाउनकै बीचमा नरैनापुरमा सांसद नमुनाको अगुवाईमा विद्युतिकरण सुरु

Next Post

आध्यात्मिक गुरु श्रीश्री रविशंकरले नेपालका पूर्वप्रधानमन्त्रीदेखि मन्त्रीसँग भर्चुअल अन्तरक्रिया गर्दै

२१ जेष्ठ २०७७, बुधबार ०७:३७
सदरलाइनडटकम, नेपालगञ्ज : आध्यात्मिक गुरु श्रीश्री रविशंकरले कोरोना महामारी व्यवस्थापनका विषयमा नेपालका पूर्वप्रधानमन्त्री, पूर्वमन्त्रीलगायत देशका विभिन्न क्षेत्रका उच्च ओहोदाका २० जनासँग दुई दिन भर्चुअल अन्तरक्रिया गर्ने भएका छन् । द आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरले बुधबार बिहान ११ बजे कोरोना महामारी संकट व्यवस्थापनमा अध्यात्मको भूमिका विषयमा पूर्वप्रधानमन्त्री तथा […]