सदरलाइनडटकम,
धनगढी : बाजुरा अस्पतालको आइसोलेशनमा मृत्यु भएकी बालिकामा कोरोना पुष्टि भएको छ । अस्पतालको आइसोलेशन वार्डमा उपचाररत बूढीगंगा नगरपालिका १ की दुई वर्षीया बालिकाको आइतवार बिहान मृत्यु भएको थियो ।
धनगढी प्रयोगशालामा गरिएको परीक्षणामा उनको कोरोना रिपोर्ट पोजेटिभ आएको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालय डोटीका निर्देशक गुणराज अवस्थीले पुष्टि गरे । मृतक बालिकाकी २३ वर्षीया आमालाई पनि कोरोना संक्रमण पुष्टि भएको छ ।
संक्रमित आमालाई पनि सदरमुकाम मार्तडीमा रहेको जिल्ला अस्पतालको आइसोलेसनमा राखिएको छ । बुवाको रिपोर्ट भने नेगेटिभ आएको छ । मृतक बालिकासहित आमाबुबालाई जेठ १५ गते आइसोलेसनमा राखिएको थियो ।
Next Post
विशेष अनुदानका लागि नेपालगञ्जको पहल
१८ जेष्ठ २०७७, आईतवार १४:२८
सम्बन्धित
-
४ चैत्र २०७७, बुधबार १४:०९
दिसाजन्य लेदो व्यवस्थापन गर्न प्लान्ट लगाउने तयारी
-
२८ मंसिर २०७८, मंगलवार १३:१२
महोत्सवको विरोधमा तुलसीपुर बजार बन्द
-
३१ बैशाख २०७४, आईतवार १३:४२
स्थानीय निर्वाचनको मतदान जारी, उत्साहपूर्वक मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्तको आग्रह
-
३० आश्विन २०७७, शुक्रबार १०:२५
‘बाँके अखिलको एकता प्रकृया बिधान विपरित’
-
१० कार्तिक २०८०, शुक्रबार १७:४२
नेपालगञ्जबाट सात करोड बढीको प्लाईउड भारत निर्यात
-
६ जेष्ठ २०७७, मंगलवार २३:३०
क्वारेन्टाईन व्यवस्थित गर्न नसकिए भयावह हुने खतरा