सदरलाइनडटकम,
दैलेख : दैलेखमा क्वारेन्टाइनमा मृत्यु भएका पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । शनिवार बिहान ज्यान गुमाएका ती ४० वर्षीय पुरुषमा जुम्लामा गरिएको परीक्षणबाट कोरोना पुष्टि भएको हो ।
मुत्यु हुनेमा १० दिनअगाडि भारतबाट आएर दुल्लुस्थित क्वारेन्टाइनमा बस्दै आएका दुल्लु नगरपालिका ११ का ४० वर्षीय पुरुष थिए । भारतबाट नगरपालिकाले उद्धार गरि ल्याएका उनी नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बस्दै आएका थिए ।
दैलेखमा थप १४ जनामा कोरोना संक्रमण मुत्यु भएका यूवाको कोरोना परीक्षणका लागि ३ दिन अगाडि स्वाब संकलन गरि परीक्षणका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला पठाइएको थियो ।
त्यहीँ गरिएको परीक्षणबाट ती पुरुषमा कोरोना संक्रमण पुष्टि भएको दुल्लु अस्पताल दैलेखकी प्रमुख डा.पूजा बिसीले बताइन् । गम्भीर बिरामी परेका उनलाई अस्पताल लगिएको थिएन । सिकिस्त भएपछि जिल्ला अस्पतालका स्वास्थ्यकर्मीले क्वारेन्टाइनमा आएर चेकजाँच गरेका थिए ।
तर बिरामीलाई अस्पताल लगेर उपचार नगरिँदा ज्यान गुमाउन पुगेका छन् । क्वारेन्टाइनमा बेहोस भएपछि त्यहीँ उनको उपचार गरिएको थियो । डा. बिसीका अनुसार उनको क्वारेन्टाइनमै उपचारका क्रममा शनिवार बिहान मुत्यु भएको थियो । (थाहाखबरबाट)