प्रदेश ५ सकारको नीति : ‘एक घर एक धारा’

१२ जेष्ठ २०७७, सोमबार १२:२३
 

सदरलाइनडटकम,
बुटवल : प्रदेश नंं. ५ सरकारले प्रदेश भित्रका हरेक घरमा स्वच्छ खानेपानीको व्यवस्था गर्न ‘एक घर एक धारा’ संकल्पका आधारमा अब हरेकका घरमा खानेपानीका धाराको सुविधा प्रदान गर्ने भएको छ ।

प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दै प्रदेश प्रमुख धर्मनाथ यादवले आगामी बर्ष २०७७÷०७८ को नीति तथा कार्यक्रममा समावेस नीतिमा उल्लेख गरेका छन् ।

नीति तथा कार्यक्रममा हरेका घरमा स्वच्छ खानेपानीका धारा र सरसफाई योजना प्रदेश सरकारको रहेकोे छ । प्रदेशभरका सबै स्थानीय तहका खानेपानीका निर्माणाधिन खानेपानीका सबै योजना क्रमागत रुपमा सम्पन्न गर्ने नीतिमा उल्लेख छ ।


यसका साथै तराई र पहाडमा खानेपानीको समस्या समाधानका लागि नयाँ योजना समेत तयारी गरी कार्यान्वयन गर्ने नीति तथा कार्यक्रममा रहेको प्रदेश प्रमुख यादवले बताए ।

यसका साथै प्रदेशभर सरसफाईलाई प्राथमिकता दिदै वातावरण अनुकूलित र प्रविधिमैत्री सार्वजनिक शौचालय निर्माण गरिने उल्लेख छ । वर्षायाममा शहरी क्षेत्रमा व्यवस्थित ढलको अभावका कारण डुवानको समस्या समाधानका लागि ढल व्यवस्थापनको कार्य पनि गरिने नीति कार्यक्रम उल्लेख गरिएको छ ।

Next Post

ईद मनाउँदा सामाजिक दुरी कायम गरी मनाऔं : मुख्यमन्त्री पोखरेल

१२ जेष्ठ २०७७, सोमबार १२:२३
सदरलाइनडटकम,  बुटवल  : पाँच नंम्बर प्रदेशका मुख्यमन्त्री शंकर पोखरेलले इस्लाम धर्मावलम्बीको महान पर्व ईद उल फित्र (ईद)को अवसरमा समस्त स्वदेश तथा विदेशमा रहेका इस्लाम समुदायलाई सुख, शान्ति, सुस्वास्थ्य र समृद्धिको शुभकामना व्यक्त गरेका छन । मुख्यमन्त्री पोखरेलले शुभकामना सन्देश दिदै नेपाल सांस्कृतिक विविधता भएको मुलुक हो, यसमा विभिन्न जात जाति […]