बाँकेमा २७ जना थपिए, संक्रमितको संख्या ५८४ पुग्यो

१० जेष्ठ २०७७, शनिबार १६:५९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : शनिवार एकैदिन बाँकेमा २७ जना नयाँ संक्रमित थपिएका छन् । योसहित देशभरीमा शनिवार ३६ जना नयाँ संक्रमित भेटिएका हुन् । नरैनापुर गाउँपालिकाका मदरसाका ६ जना, वडा नं. ३ का १५ जना र वडा नं. १ का ६ जना नयाँ संक्रमित भेटिएका हुन् ।
यस्तै बैतडी शिवनाथ गाउँपालिकाका ४ जना पुरुष, झापाका १ जना र बर्दिया बढैयाताल गाउँपालिका वडा नं. ७ का १ जना पुरुषमा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ५ सय ८४ पुगेको छ । जसमध्ये ५ सय ५ पुरुष र ७९ जना महिला रहेको मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले बताए ।

Next Post

लायन्स क्लव ३२५ बी–२ मा नयाँ नेतृत्व

१० जेष्ठ २०७७, शनिबार १६:५९
सदरलाइनडटकम, नेपालगञ्ज : मुलुक कै ठूलो समाजसेबी संस्था लायन्स क्लव ईन्टरनेशनल डिष्ट्रिक ३२५ बि–२ मा नयाँ नेतृत्व चयन भएको छ । लायन वर्ष २०२०/२०२१ का लागि लायन शंभु नकर्मी डिष्ट्रिक गभर्नर चयन भएका छन् ।यस अघि उनी प्रथम भाईस डिष्ट्रिक गभर्नर रहेका थिए । उनीसंगै प्रथम भाईस डिष्ट्रिक गभर्नरमा लायन […]