मुख्यमन्त्रीसहित १६५ को कोरोना रिपोर्ट नेगेटिभ

९ जेष्ठ २०७७, शुक्रबार १७:३७
 

सदरलाइनडटकम,
सुर्खेत : कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही, मन्त्री तथा प्रदेशसभा सदस्यसहित १६५ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । प्रदेशसभा सदस्य, कर्मचारी र सुरक्षाकर्मी गरी बिहीवार १ सय ६५ जनाको ‘नोजल स्वाब’ संकलन गरिएको थियो ।
जेठ ११ गते प्रदेशसभाको बैठक आव्हान गरिएकोले सबै जनाको कोरोना परीक्षण गराइएको हो । प्रदेशसभा सचिव जीवराज बुढाथोकीले सबैको रिपोर्ट नेगेटिभ आएकोले निर्धारित मितिमा बैठक शुरु हुने बताए ।
यस्तै सामाजिक विकास मन्त्री दल रावलले प्रदेशसभा सचिवालयलाई कोभिड १९ विरुद्ध अपनाउनु पर्ने सबै सावधानीमा सरकारले सहयोग गर्ने जिकिर गरे ।

Next Post

स्थानीयको अबरोधका बीचमा नरैनापुरका संक्रमितलाई आईसोलेशनमा ल्याईदै

९ जेष्ठ २०७७, शुक्रबार १७:३७
सदलाइनडटकम, नेपालगञ्ज :  बाँकेको नरैनापुर गाउपालिका–३ कालाफाँटामा रहेको नेराप्रावि शंकरनगर कोटिया क्वारेन्टाईनमा रहेका कोबिड–१९ नोबल कोरोना भाइरसका संक्रमितलाई आईसोलेशनमा ल्याउन स्थानीयबाट अबरोध भएको छ । ठूलो संख्यामा आएको स्थानीयको भिडले सो क्वारेन्टाईनमा रहेका १३ जना कोरोना पुष्टि भएका संक्रमितलाई लिन गएको एम्बुलेन्सलाई रित्तो फर्काई संक्रमितलाई क्वारेन्टाईनबाट बाहिर निकालेको जानकारी आएको […]