सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नेपालगञ्जको पहिलो संक्रमित ६० वर्षिय पुरुष तथा नेपालगञ्ज–८ जोलाहनपुरका २० जना गरी २१ जनाले कोरोना जितेर शुक्रबार बिहान डिस्चार्ज हुदैछन् ।
भेरी अस्पताल नेपालगञ्जका मेडिकल सुपरिटेन्डेन्ट डा. प्रकाशबहादुर थापाले खजुरामा रहेको कोरोना विषेश आईसोलेशन अस्पतालमा उपचार गराई रहेका उनीहरु मध्येका पहिलो ६० वर्षिय पुरुष संक्रमितको तेस्रो पटक र अन्य २१ जनाको लगातार दोस्रो पठकको रिर्पोट नेगेटिभ आएपछि डिस्चर्ज गर्न लागिएको जानकारी दिए ।
नेपालगञ्जमा बैशाख १९ गते पहिलो संक्रमित पुस्टि भएको थियो भने २३ बैशाखमा २२ जनामा कोरोना पुष्टि भएको थियो ।