सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नरैनपुरका कोबिड–१९ संक्रमित मध्यका ४१ जनालाई कृषि विकास तालिम केन्द्र पिपरी कोहलपुरमा स्थान्त्रण गरिएको छ ।
दुई दिन अघि कोरोना संक्रमणको पुष्टि भएका उनीहरुलाई एकरात एक दिन नेपालगन्जको लायन्स डेन्टल अस्पतालको आईसोलेशनमा राखिएको थियो ।
२५ बेड क्षमताको सो आईसोलेशनमा नरैनापुरबाट मङ्गलबार राती ल्याइ नेपालगन्जको लायन्स डेण्टल अस्पतालमा राखिएका कोरोना संक्रमितहरुलाई बुधबार राती साढे १० बजे मात्रै पिपरीमा सारिएको हो ।
बाँकेमा रहेका ९९ जना संक्रमित मध्ये एकको मृत्यु भएको छ ।
सुशील कोईराला प्रखर क्यान्सर अस्पताल खजुरामा २८ जना, लायन्स डेन्टल अस्पताल आईसोलेशन सेन्टर २२ जना, कृषि विकास बैंक तालिम केन्द्र पिपरी कोहलपुर आईसोलेसन सेन्टर ४१ जना र बेलझुण्डी कोरोना अस्पतालमा ८ गरी ९९ विरामी रहेका छन् ।
यी मध्ये १ जना खजुरा अस्पतालमा बर्दियाको विरामी रहेको स्वास्थ्य कार्यालय बाँकेका फोकलपर्शन नरेश श्रेष्ठले जानकारी दिए ।
उनीहरुलाई स्थानन्त्रणको लागि नरैनपुरमा र कोहलपुरमा स्थानीयले बिरोध जनाएको कारण केही समय ढिलाई भए पनि अन्तमा संक्रमितलाई आईसोलेशन सेन्टरमा व्यवस्थापन गरिएको उनले बताए ।