नरैनापुरका संक्रमितलाई आईशोलेशनमा ल्याईदा अवरोध गर्नेलाई कारवाहीको माग

६ जेष्ठ २०७७, मंगलवार २३:१०
 

सदरलाइनडटकम,
नरैनापुर (बाँके) : बाँकेको नरैनापुर क्षेत्र दुईदिन यता निक्कै चर्चामा रहेको छ । चर्चामा रहनुको कारण कोबिड–१९ को कारण एक युवकको क्वारेन्टाईनमा मृत्युवरण गर्नु परेको र एकै दिन ठूलो संख्यामा संक्रमणको पुष्टि भएको कारण थियो ।

पछिल्लो समय नरैनापुरको वडा नं.२ झनै चर्चामा रहेको छ । त्यो चर्चाको विषय थियो स्थानीयले कोबिड–१९ संक्रमितलाई नरैनापुरबाट नेपालगञ्ज ल्याउदा अबरोध पुराएर । कोबिड–१९ का संक्रमितलाई आईशोलेशनमा ल्याउदा केही स्थानीय अगुवाको पहलमा अबरोध गरेका छन् ।

स्थानीय ईशाहक जोलाह प्रधानकोे अगुवाईमा अबरोध भएको जानकारीमा आएको छ । उनको साथमा पञ्चे भन्ने अकवाल शेष, नफिज खाँ भन्ने नासिर अहमद खाँ, बड्कौ खा भन्ने नूर मोहम्मद खा, जलिल तेली भन्ने चुन्नु तेली लगायतको समुहले अवरोध पुराएको बताईएको छ ।

नरैनापुर–२ को आदर्श माविमा निर्माण गरिएको क्वारेन्टाईनमा भारतबाट आएका ८१ जना बस्दै आएका थिए ती मध्ये १६ जनामा कोरोना सक्रमणको पुष्टी भएको थियो । ती संक्रमितलाई नरैनापुरमै राख्नुपर्ने भन्दै अवरोध पुराएका थिए ।


कोरोना संक्रमण फैलने त्रासको कारण नेपाल लगायत बिश्व नै लकडाउनमा छ । संक्रमितलाई आईशोलेसनमा राख्न लैजाने क्रममा अबरोध गर्नेको पहिचान गरी कारबाहीको दायरामा ल्याउन आवश्यक छ ।

नरैनापुर–२ को आदर्श माविमा निर्माण गरिएको क्वारेन्टाईनमा बस्दै आएका ६५ जनाले मंगलबार साँझको खाना आ–आफ्नै घरबाट पठाएको खाना खाएका छन् ।

यसैबीच बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले कोबिड–१९ संक्रमितलाई आईसोलेशनमा ल्याउने क्रममा अबरोध पुराउनेहरुको पहिचान गरी कारबाहीको दायरामा ल्याईने बताए ।

Next Post

क्वारेन्टाईन व्यवस्थित गर्न नसकिए भयावह हुने खतरा

६ जेष्ठ २०७७, मंगलवार २३:१०
सदरलाइनडटकम, नेपालगञ्ज : स्वास्थ्य सेवा विभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले स्थानीय तहमा निर्माण गरिने क्वारेन्टाईन व्यवस्थापन गर्न नसक्ने हो भने भयाबह अवस्था आउन सक्ने चेतावनी दिएका छन । बाँकेमा कोरोना संक्रमितको संख्या बढेपछि स्वास्थ्य बिभागको टोलीसहित अध्ययनको लागि बाँके आईपुगेका उनले भारतबाट अनपेक्षित तरिकाले आउनेहरुलाई व्यवस्थित क्वारेन्टाईनमा राख्न नसके अवस्था सम्हालिनसक्नु […]