सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेको नरैनापुर गाउँपालिकास्थित आदर्श माविमा रहेका कोरोनाका विरामीलाई उपचारका लागि नेपालगञ्ज ल्याउने क्रममा स्थानीयवासीले अवरोध गरेका छन् ।
नरैनापुरका कोरोना संक्रमितलाई नेपालगञ्ज ल्याउने निर्णय भएसँगै विरामीहरुलाई लिन नेपालगञ्जबाट एम्बुलेन्स पुगेपछि स्थानीयवासीले अवरोध गरेका हुन् । क्वारेन्टाइन आसपासमा ठूलो संख्यामा स्थानीयहरु जम्मा भएका छन् ।
अवरोध हटाउन नेपालगञ्जबाट थप प्रहरी बल नरैनापुर जाँदैछ । नरैनापुरमा सुविधा सम्पन्न आइसोलेशन कक्ष नभएपछि त्यहाँका ५९ जना विरामीलाई उपचारका लागि नेपालगञ्ज डेन्टल अस्पतालमा बनाइएको कोरोना विशेष अस्थायी अस्पताल र खजुरा क्यान्सर आस्पतालमा ल्याउन लागिएको हो ।


