२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

बाँकेको नरैनापुरमा क्वारेन्टाइनमा बस्दै आएका युवकको मृत्यु



सदरलाइनडटकम,
नेपालगञ्ज :  बाँकेको नरैनापुर गाउपालिकाको एक क्वारेन्टाईनमा बसेका २५ वर्षिय युवकको मृत्यु भएको छ । गत ३० गते भारतबाट आएका उनी गाउपालिककाले निर्माण गरेको क्वारेन्टाईनमा बस्दै आएका थिए ।

खाना खाएर सुतेका उनले राती एक्कासी बान्ता गरेर बेहोस भएपछि मृत्यु भएको प्रारम्भिक जानकारी आएको छ । उनको मृत्युको कारण खुल्न सकेको छैन ।

उनको शनिबार मात्रै कोरोना परिक्षणको लागि स्वाब संकलन गरिएको जानकारी गाउपालिकाका अध्यक्ष ईस्तियाक अहमद शाहले दिए । बिस्तृत आउन बाँकी

प्रकाशित मिति : २०७७ जेठ ४ गते आइतबार
ताजा समाचार