२०८३ कात्तिक ४ , मंगलबार
Sadarline
२०८३ कात्तिक ४ , मंगलबार

आरडिटी पोजेटिभ देखिएको तीन जनाकै पिसिआर नेगेटिभ



सदरलाइनडटकम,
नेपालगञ्ज  : नेपालगञ्ज नाका हुँदै बिहीबार अबेर राती नेपाल भित्रिएका नेपालीको आरडिटी परिक्षणका क्रममा पोजेटिभ देखिएका ३ जनाको थ्रोट स्वाब परिक्षण नतिजा नेगेटिभ आएको छ ।

उनीहरुको शुक्रबार बिहान गरीएको आरडिटी जाँचमा पोजेटिभ देखिएका तीनै जनाको भेरी अस्पतालको ल्याबमा परिक्षण हुँदा शुक्रबार अबेर रिर्पोट नेगेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका अधिकृत एव कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिए ।

शुक्रबार नेपालगञ्ज जमुनाहा नाका भएर नेपाल आएका ४ सय ६६ जनाको आरटिडी परिक्षण गरिएको थियो । सो क्रममा तीन जनाको पोजेटिभ देखिएपछि उनीहरुलाई नेपालगञ्जमै आईसोलेसनमा राखेर अन्य नेगेटिभ देखिएकालाई सम्बन्धित जिल्ला र गाउँपालिकाको समन्यमा सम्बन्धित क्षेत्रमा पठाइएको थियो ।

पोजेटिभ देखिएका तीन जनालाई शुक्रबार साँझ नै नेपालगञ्ज खजुरारोडस्थित लायन्स डेन्टल अस्पतालको आइशोलेशन केन्द्रमा लगेर राखिएको छ ।

प्रकाशित मिति : २०७७ जेठ २ गते शुक्रबार
ताजा समाचार