कोरोनाका नौ विरामी थपिए, संक्रमितको संख्या २६७ पुग्यो

२ जेष्ठ २०७७, शुक्रबार २१:११
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालमा कोरोना भइरसको संख्या बढ्दै गएको छ । कोरोजना भाइरसले उग्ररुप लिदै गएपछि नेपालमासंख्या बढ्दै गएको हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोरोना संक्रमितको संख्या २ सय ६७ पुगेको छ ।
जसमध्ये राष्ट्रीय जनस्वास्थ्य प्रयोगशाला र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र नेपालगञ्जमा गरिएको परीक्षणानुसार ९ जना थपिएका हुन् । पर्सा, विरगञ्ज बस्ने ९ र १० वर्षीय बालक, २३, ४७ वर्षीय महिला, उदयपुर त्रियुगा नगरपालिका निवासी २५ वर्षीय पुरुष, दाङको गढवा बस्ने ४, ५ र तुलसीपुर ७ निवासी २३, ३६ र ३४ वर्षीय पुरुषका साथै
काठमाण्डौका सतुंगल निवासी ७ वर्षीय बालक रहेको स्वास्थ्य मन्त्रलायले जनाएको छ । हालसम्म पोजेटिभ भेटिएका सबै जनाको अवस्था सामान्य रहेको र उनीहरु सम्पर्कमा रहेको मन्त्रालयले जनाएको छ ।


Next Post

स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाईनमा फर्कदा भब्य स्वागत

२ जेष्ठ २०७७, शुक्रबार २१:११
सदरलाइनडटकम, नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोनाको संक्रमणको त्रास चारै तिर छ । यस्तो त्रासको समयमा मानव स्वास्थ्यका लागि आफ्नो जीवनको समेत प्रवाह नगरी संक्रमितको सेवामा फ्रन्टलाईनमा खटेका स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाईनमा फर्कदा उनीहरुको मनोबल बढाउन नागरिक स्तरबाट पहल भएको छ । बाँकेको खजुरामा सञ्चालनमा रहेको कोरोना बिशेष आइसोलेशन अस्पतालमा निरन्तर एकसाता […]

सम्बन्धित