वाटरपार्क सौन्दर्यकरणको काम शुरु

१ जेष्ठ २०७७, बिहीबार १७:२९
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लकडाउनको आधारभुत मापदण्ड पालना गर्दै स्थानीय श्रमिको प्रयोग गरि नेपालगञ्जको वाटरपार्क सौन्दर्यीकरणको काम शुरु भएको छ । केही दिनअघि नेपालगञ्ज उप–महानगरपालिकाले लकडाउनका कारण समस्यामा परेका विपन्न समुदायका नागरिकलाई राहतको सट्टा उपभोक्ता समितिमार्फत रोजगार दिने निर्णय गरेअनुसार वाटरपार्कमा पहिलो दिनमा ५१ जनाले काम पाएका छन् ।
नेपालगञ्ज उपमहानगरपालिका वडा नम्बर १ का अध्यक्ष प्रमोद रिजालले उपभोक्ता समितिामार्फत स्थानीय श्रमिकलाई काम दिएर वाटरपार्कभित्रको झारपात निकाल्ने काम शुरु गरिएको जानकारी दिए ।
वाटरपार्कको बिहीवार स्थलगत अनुगमन गर्दै मेयर डा. धवलशम्शेर राणाले नेपालगञ्जको धम्बोझीमा रहेको वाटरपार्कलाई नगरकै महत्वपूर्ण पर्यटकीय स्थलको रुपमा विकास गर्न लागिएको बताए । अनुगमनमा वडा नम्बर १८ का वडाध्यक्ष दिपक वर्मा, ईञ्जिनीयर सुरज शर्मा लगायतको सहभागिता थियो ।

Next Post

सीमामा अलपत्र परेका दुबैतर्फका नागरिकलाई आ–आफ्नो मुलुक पठाईयो

१ जेष्ठ २०७७, बिहीबार १७:२९
सदरलाइनडटकम, नेपालगञ्ज : लकडाउनका कारण नेपाल–भारत सीमामा अलपत्र परेका दुबै देशका नागरिकलाई आ–आफ्नो मुलुकमा प्रवेश पाएका छन् । बाँकेको विभिन्न क्वारेन्टाईन तथा आफन्त कहाँ रहेका भारतीयलाई फिर्ता पठाईएको छ, भने भारततर्फ रहेका नेपालीलाई स्वदेश ल्याउने प्रक्रिया सुरु भएको छ । बाँके प्रशासन र भारतको बहराइच जिल्लाका डिस्ट्रिक्ट म्याजिस्ट्रेटबीचको समन्वयमा नेपालगञ्जको […]