कर्णाली प्रदेश र मध्यपश्चिम विवि बीच छात्रबृत्ति सम्झौतामा हस्ताक्षर

१ जेष्ठ २०७७, बिहीबार १३:०८
 

सदरलाइनडटकम,
सुर्खेत :  कर्णाली प्रदेश सरकारले मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा पत्रकारिता विषयमा स्नातकोत्तर अध्यनरत विद्यार्थीलाई छात्रबृत्ती उपलव्ध गराउने भएको छ ।

कर्णाली प्रदेस सरकारको आन्तरिक मामिला तथा कानून मन्त्रालयले दक्ष पत्रकार तथा सञ्चारकर्मी उत्पादनमा सहयोग गर्ने उद्देश्यले मध्यपश्चिम विश्वविद्यालय र मन्त्रालयबीच छात्रबृत्री सम्वन्धी समझदारी पत्रमा हस्ताक्षर भएको हो । सो समझदारी अनुसार प्रदेश सरकारले छाज्ञबृत्तिका लागि ५ लाख उपलब्ध गराउने भएको हो ।

मन्त्रालयको चालु आ.व.०७६/०७७ को बजेट तथा कार्यक्रम अन्तरगत विनियोजित पाँच लाखको ‘स्नातकोत्तर पत्रकारिता छात्रवृति कार्यक्रम’ कार्यान्वयनका लागि मन्त्रालय र विश्वविद्यालयबीच बुधबार सम्झौतापत्रमा हस्ताक्षर भएको छ । विश्वविद्यालयका उपकुलपति प्रा.डा.नन्दबहादुर सिंह र मन्त्रालयका सचिव वीरेन्द्रकुमार यादवले छात्रबृत्ती सम्वन्धि समझदारी पत्रमा हस्ताक्षर गरेका हुन ।


कानूनमन्त्री भण्डारीले पत्रकारिता अध्ययनमा थप सहयोग पुगोस् भन्ने उद्देश्यले पत्रकार छात्रवृति कार्यक्रम राखिएको बताए ।

विश्वविद्यालयका उपकुलपति प्रा.डा.सिंहले आवश्यक मापदण्ड बनाएर विपन्न र प्रतिभावान् विद्यार्थीलाई छात्रवृति प्रदान गर्ने प्रतिवद्धता व्यक्त गर्दै भने–‘प्रदेश सरकारको यो छात्रवृति कार्यक्रमले विद्यार्थीको अध्ययनमा उर्जा र विश्वविद्यालयलाई दक्ष जनशक्ति उत्पादनमा सहयोग पुग्नेछ । यो प्रदान गर्दा पारदर्शितामा विश्वविद्यालय चुक्ने छैन र विद्यार्थीले बीचैमा अध्ययन छाडे वा विदेश गए फिर्ता हुनेगरी मापदण्ड गरिने छ ।’

छात्रवृति कार्यक्रम कार्यान्वयनका लागि मध्यपश्चिम विश्वविद्यालयले छात्रवृतिको मापदण्ड, प्रदान गरेको भरपाई तथा विवरण, विद्यार्थीले स्नातकोत्तर पुरा गर्न विश्वविद्यालयलाई बुझाएको एकप्रति शोधपत्र मन्त्रालयलाई उपलब्ध गराउनुपर्ने शर्त रहेको छ । मन्त्रालयबाट उपलब्ध हुने पाँच लाख बजेटबाट प्रति विद्यार्थीले.एक लाख छात्रवृति प्राप्त गर्ने छन् । फोटो : होस्टखबरबाट

Next Post

कोरोना संक्रमितको संख्या २४६ पुग्यो

१ जेष्ठ २०७७, बिहीबार १३:०८
सदरलाइनडटकम, काठमाण्डौ : नवलपरासीमा एकजना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २४६ पुगेको छ । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार नयाँ संक्रमित नवलपरासी जिल्लाको देवचुली नगरपालिका १२ का ४९ वर्षीय पुरुष हुन् । उनको भरतपुरस्थित कोभिड ल्याबमा गरिएको स्वाब परीक्षणको रिपोर्ट पोजेटिभ आएको हो […]

सम्बन्धित