भारतबिरुद्ध राप्रपाको प्रदर्शन

३० बैशाख २०७७, मंगलवार १४:४३
 

सदरलाइनडटकम,
नेपालगञ्ज : भारतीय बिस्तारबादबिरुद्ध राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले नेपालगञ्जमा प्रदर्शन गरेको छ । राष्ट्रिय प्रजातन्त्र पार्टी बाँकेले मंगलवार बिपी चोकमा सीमा अतिक्रमण बिरुद्ध प्रदर्शन गरेको हो ।
प्रदर्शनमा बिदेशी हस्ताक्षेप बन्द गर, हाम्रो भूमि फिर्ता गर, लिपुलेक हाम्रै हो, नालापानी हाम्रो हो भन्ने नारा लगाइएको थियो । प्रदर्शनकारीले ओली सरकार मुर्दाबाद, नालायक सरकार मुर्दाबाद, ओली सरकार राजीनामा दे लगायतका नारा लगाएका थिए ।
लिम्पियाधुरा र लिपुलेक नेपाली भुमि भएको र त्यहाँ रहेका भारतीय सेना फिर्ता गर्नुको सट्टा लिपुलेकसम्म बाटो बनाई खोलिएको यातायातप्रति आपत्ति जनाउँदै प्रदर्शन गरिएको राप्रापाका केन्द्रीय सदस्य ऋषिराज देवकोटाले जानकारी दिए । भारतीय बिस्तारबादबिरुद्ध कुनै कदम नचालेको भन्दै राप्रपाले प्रधानमन्त्रीको राजीनामा माग गरेको छ ।

Next Post

लिपुलेकमा मिचिएको नेपालको भुमि फिर्ता हुर्नुपर्छ

३० बैशाख २०७७, मंगलवार १४:४३
दुर्गा खड्का सुगौली सन्धी नेपाल र तत्कालिन इष्ट इण्डिया कम्पनी बिचमा भएको सम्झौता हो । जसबाट नेपालले आफनो अधिनस्त भुमिको एक तिहाई भुभाग गुमाउनु परेको थियो भने नेपाल अंग्रेजबिचको युद्वको विधिवत समाप्ती भएको थियो । सन २ डिसेम्बर १८१५ मा हस्ताक्षर भएर ४ मार्च १८१६ बाट कार्यान्वयन भएको थियो । […]