बाँकेमा ४८ जनाको स्वाब संकलन

२५ बैशाख २०७७, बिहीबार १८:१५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेका थप ४८ जनाको स्वाब संकलन गरिएको छ । कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको ट्रेसिङ गर्दै स्वाब लिने क्रममा बिहीवार तीन स्थानबाट ४८ जनाको स्वाब संकलन गरिएको हो ।
खजुराको वडा नं. ७ सोनपुरबाट १७ जनाको स्वाब संकलन गरिएको छ । त्यसैगरी विपी चोक आसपासबाट ३० जना र क्यान्सर अस्पताल खजुराबाट १ जनाको स्वाब संकलन गरिएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
यसअघि पहिलो संक्रमित ब्यक्तिको कन्ट्याक्ट ट्रेसिङ गरेर ९४ जनाको स्वाब लिइएकोमा एउटै टोलका २२ जनामा संक्रमण पुष्टि भएको थियो । त्यसपछि ती २२ जनाको सम्पर्कमा आएकाहरुको खोजी गर्दै स्वाब लिन थालिएको हो ।

Next Post

भारतबाट नेपाली आउने क्रम रोकिएन

२५ बैशाख २०७७, बिहीबार १८:१५
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना भाइरस (कोभिड–१९) को रोकथामका लागि नेपाल भारत सीमा नाकामा सुरक्षा सतर्कतासँगै लकडाउन गरिएको डेढ महिना पुगेपनि भारतका विभिन्न स्थानबाट नेपाल आउने क्रम रोकिएको छैन । कोभिड–१९ को संक्रमण भित्रिन र फैलिन नदिन गरिएको प्रयासका वावजुद पनि भारतमा काम गरिरहेका नेपालीहरु आफनो घर पुुग्न अनेकन कष्ट झेलेर […]