सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा कोरोना संक्रमितको सम्पर्कमा आएकाहरुको संकलन गरिएको स्वाबमध्ये ३४ जनाको रिर्पोट निगेटिभ आएको छ ।
मंगलवार नेपालगञ्ज वडा नं. ८ का ५४ जनाको संकलन गरिएको स्वाबमध्ये ३४ जनाको रिपोर्ट बुधवार निगेटिभ आएको हो । नेपालगञ्जमा ५४ जना, बर्दिया र मेडिकल कलेजबाट १२ गरी ६६ जनाको स्वाब भेरी अस्पताल नेपालगञ्जमा परीक्षणका लागि आएको थियो ।
३२ जनाको रिपोर्ट आउन बाँकी रहेको भेरी अस्पतालले जनाएको छ । उनीहरुको स्वाब कोरोना संक्रमितको कन्ट्याक्ट टे«सिङका आधारमा संकलन गरिएको थियो ।




