नेपालगञ्जमा परीक्षणको दायरा बढाउन काँग्रेसको माग

२२ बैशाख २०७७, सोमबार १५:०६
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाली कांग्रेसले बाँकेको नेपालगञ्जमा परीक्षणको दायरा बढाउन माग गरेको छ । कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाणले सोमवार स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाललाई टेलिफोन गरेर बाँकेमा कोरोना भाइरस परीक्षणको दायरा बढाउन माग गरेका हुन् ।
उनले नेपालगञ्जमा एकै दिनमा १५ जना व्यक्तिमा कोरोना भाइरसको संक्रमण भेटिएपछि स्वास्थ्य मन्त्रीसंग टेलिफोन सम्पर्क गरी उक्त स्थानमा तत्कालै परीक्षणको दायरा बढाउन माग गरे । कांग्रेस संसदीय दलले दिएको जानकारी अनुसार प्रमुख सचेतक खाणले बाँके क्षेत्रमा उच्च सतर्कता अपनाउनु पर्ने र आवश्यक स्वास्थ्य सामग्रीकोे यथेष्ठ व्यवस्थाका साथै विशेषज्ञसहितको थप मेडिकल टोली परिचालन गर्नुपर्नेमा जोड दिए ।
खाँणले संक्रमित व्यक्तिहरू अरू थुप्रै व्यक्तिसँग सम्पर्कमा पुगेको हुनसक्ने भन्दै त्यसलाई मध्यनजर गरी सम्पर्कमा आएका व्यक्तिहरूको तत्काल खोजी गरी परीक्षण गर्नुपर्ने र थप संक्रमण फैलन नदिन सावधानी अपनाउनु पर्ने बताए ।
रूपन्देहीको मर्चवार क्षेत्रमा पर्ने कोटहिमाई गाउँपालिका १ मा भारतबाट आएका युवकलाई कोरोना भाइरस संक्रमणको पुष्टि भएको भन्दै उनले ती युवकको सम्पर्कमा आएका व्यक्तिहरूको पहिचान गरी परीक्षण कार्यलाई तीव्रता दिन स्वास्थ्य मन्त्री ढकालसँग आग्रह गरे ।
जवाफमा मन्त्री ढकालले स्वास्थ्य सामग्री अभाव भएका स्थानहरूमा यथाशीघ्र पठाइने बताएको कांग्रेस संसदीय दलले जनाएको छ । कांग्रेसले यस अघि पनि आवश्यक चिकित्सकिय सामाग्रीको व्यवस्था गरी परिक्षणको दायरा बढाउन सरकारसँग माग गर्दै आएको छ ।

Next Post

कोरोना नियन्त्रण गर्न बाँकेका सांसदको संयुक्त पहल

२२ बैशाख २०७७, सोमबार १५:०६
सदरलाइनडटकम, नेपालगञ्ज : कोरोना कहरले नेपालगञ्जलाई एकैपटक गाँजेपछि बाँकेका संघीय सांसदहरु एकैठाउँ भएका छन् । आइतवार एकै दिन १५ जना संक्रमित भेटिएपछि कोरोना सर्वसाधारणमा फैलिएको आशंका बढेपछि सांसदहरुले स्वास्थ्यमन्त्रीलाई भेटघाट गरेका हुन् । बाँकेका ५ जना सांसदहरुले सोमवार स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई मन्त्रालयमै भेटेर विभिन्न माग गर्दै ध्यानकर्षण गराएको बाँके क्षेत्र […]