सदरलाइनडटकम,
कैलाली : सेती प्रादेशिक अस्पतालमा उपचाररत धनगढीकी कोरोना संक्रमित महिलाको पाचौँ रिपोर्ट पनि ‘पोजेटिभ’ आएको छ । सेती अस्पतालमा २५ दिनदेखि उपचाररत वडा नम्वर ५ की ३४ बर्षीय महिलाको पाँच पटकसम्म गरिएको थ्रोट स्वाब परीक्षणमा कोरोना रिपोर्ट पोजेटिभ आएको हो ।
कोरोना पुष्टि भएपछि संक्रमित महिलाको पाँच पटकसम्म परीक्षण भईसकेको र सबै रिपोर्ट पोजेटिभ आएको सेती प्रादेशिक अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठले बताए । श्रेष्ठका अनुसार चिकित्सकहरुको सल्लाह अनुसार उनको थ्रोट स्वाब संकलन गर्दै फेरी परीक्षण गरिने भएको छ ।


