सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाइरस सङक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनले ३५औं दिन पुरा हुँदा यसले प्रत्यक्षरुपमा दैनिक ज्याला मजदुरी गर्ने, भाडमा बस्ने, विद्याथीलार्ई प्रभावमा पारेको छ ।
यस्तै लक्षित बर्गलाई परेको समस्या समाधानको पहल गर्ने उद्देश्यले प्रदेश नम्बर ५ का सांसद कृष्ण केसी (नमुना) को अगुवाइमा गठित ‘कोभिड–१९ रिलिफ फन्ड बाँके’ मार्फत राहत पुराउन जोडिने सहयोगी मनहरु दैनिक थपिदै गएका छन् ।
पछिल्लो समयमा लकडाउन प्रभावितलाई उपलब्ध गराउने उदेश्यले पानस फार्मसियुटिकलले १ लाख ६७ हजार ४ सय ५० रुपैंया बराबरको खाद्य सामाग्री सो फण्डलाई प्रदान गरेको छ ।
फार्मसियुटिकलका संञ्चालक तथा प्रबन्ध निर्देशक डा. रमेशकुमार श्रेष्ठले सोनामन्सुली चामाल २५ क्विन्टल, अडहरको दाल २ सय १० किलो, सङगम तेल २० पेटी सो फण्डका संयोजक सांसद नमुनालाई हस्तारण गरेका हुन ।
सो अवसरमा फण्डका सदस्य नेपालगञ्ज उपमहानगरका उपप्रमुख उमा थापामगर, बिजया धिताल, सञ्जय थापा, सूर्यप्रकाश घर्तीमगर, सदस्य सचिव धनराम ओली र फार्मसियुटिकलका प्रशासक राजेश रावलको उपस्थिति रहेको थियो ।
विभिन्न क्षेत्रका मनकारी, सहयोगी दाताहरुको संयुक्त प्रयासबाट दैनिक ज्याला मजदुरी गरी खाने वर्गका विपन्न, गरिब नागरिकलाई ‘कोभिड–१९ रिलिफ फन्ड बाँके’ ले सहयोग उपलब्ध गराउदै आएको छ ।