२०८३ कात्तिक ७ , शुक्रबार
Sadarline
२०८३ कात्तिक ७ , शुक्रबार

राहत बितरणमा खटिने जनप्रतिनिधि र प्रहरीलाई पत्रकार भण्डारीद्वारा एन–९५ मास्क र सेनिटाईजर बितरण



सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावितको सेवामा खट्ने जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र रेडक्रशकर्मीलाई गुणस्तरिय मास्क र सेनिटाईजर उपलब्ध गराईएको छ ।

राप्तीसोनारी गाउपालिकाका ९ वटै वडामा प्रत्यक्ष रुपमा राहत बितरण गर्न खटिने वडा अध्यक्षसहित जनप्रतिनिधि, प्रहरी, सशस्त्र प्रहरी र रेडक्रश प्रतिनिधिलाई लक्षित गरी स्थानीयबासी तथा सद्भाव मिडिया ग्रुपका अध्यक्ष समेत रहेका पत्रकार दामोदर भण्डारीले सो सामाग्री उपलब्ध गराएका हुन ।

उनले गाउपालिकाका सबै वडामा खट्ने टोलीको ब्यक्तिगत सुरक्षाको लागि पत्रकार भण्डारीले ४५ हजार मुल्य बराबरको एन९५ मास्क ५५ बटा र हेण्ड सेनिटाईजर ५५ वटा गाउपालिकाका अध्यक्ष लाहुराम थारुलाई हस्तान्त्रण गरेका हुन ।

यस अघि उनले नेपालगञ्जमा फिल्डमा खटिने पत्रकारका लागि एन९५ मास्क बितरण गरेका थिए ।

प्रकाशित मिति : २०७७ वैशाख १४ गते आइतबार
ताजा समाचार