सदरलाइनडटकम,
काठमाण्डौ : पर्साको वीरगञ्जमा थप दुईजना कोरोना भाइरस संक्रमित भेटिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणमा वीरगञ्जका दुईजनामा आइतवार कोरोना पुष्टि भएको हो ।
यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या ५१ पुगेको छ । संक्रमितमध्ये १६ जना निको भएर घर फर्किसकेका छन् । स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार दुवैजना वीरगञ्ज निवासी ५० वर्षीय पुरुष हुन् ।
उनीहरुलई हाल वीरगञ्जस्थित कोरोना अस्पतालको आइसोलेसनमा राखेर उपचार भइरहेको अधिकारीले बताए । उनका अनुसार कोरोना संक्रमित दुवैको अवस्था सामान्य रहेको छ ।
यसैबीच वीरगञ्जकै कोरोना विशेष अस्पतालमा उपचाररत चारजना आजै डिस्चार्ज हुँदैछन् । डिस्चार्ज हुनेमा तीनजना भारतीय जमाती हुन् भने एकजना नेपाली युवक रहेका छन् ।
Next Post
राहत बितरणमा खटिने जनप्रतिनिधि र प्रहरीलाई पत्रकार भण्डारीद्वारा एन–९५ मास्क र सेनिटाईजर बितरण
१४ बैशाख २०७७, आईतवार १३:४५
सम्बन्धित
-
४ जेष्ठ २०८१, शुक्रबार १९:५४
एमाले बाँकेमा नेतृत्वको रस्साकस्सी सुरु, बिसी अगाडि
-
४ मंसिर २०७४, सोमबार १५:०८
बाँकको कोहलपुरमा चारतारे मापदण्डको होटल सेन्ट्रल प्लाजा आजबाट सञ्चालनमा
-
८ भाद्र २०८०, शुक्रबार १४:०२
महिला कैदीबन्दीहरुलाई नयाँ भवनमा सारियो
-
२३ फाल्गुन २०८०, बुधबार १७:१७
बाँके कारागारमा कैदीबन्दीको सुरक्षा चिन्ता
-
१६ श्रावण २०७५, बुधबार १३:५७
५९ सीमास्तम्भ पुनःनिर्माण
-
१२ श्रावण २०७६, आईतवार १८:३४
डुडुवामा बृहद् रक्तदान, ९६ जनाले दिए रगत