नेपालगञ्ज उपमहानगरलाई ३० हजारको राहतसामाग्री हस्तान्त्रण

१२ बैशाख २०७७, शुक्रबार २२:०३
 

सदरलाइनडटकम,
नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरोना भाइरस महामारीबाट बच्न आव्हान गरिएको लकडाउनको बिषम परिस्थितिमा बिपन्न तथा ज्यालादारी गर्ने समुदाय तथा विद्यार्थीलाई राहत सामाग्री वितरण गर्न नेपालगञ्ज उपमहानगरपालिकालाई राहत सामाग्री हस्तान्त्रण गरिएको छ ।

 

गोलोबल आइएमई बैंकका कर्माचारी तथा समजसेबी राजु शाहीको नेतृत्व र बिद्यार्थी नेता इन्द्र बस्नेतको सहकार्यमा हाम्रो चौतारी ग्रुपद्वारा नेपालगञ्ज उपमहानगरपालिकका मेयर डा. धवल शम्शेर राणालाई ३० हजार बराबरको राहात सामाग्री हस्तान्तरण गरिएको हो ।


 

हस्तन्त्रण गरिएको राहत सामाग्रीमा चामल १८ बोरी, तेल २ पेटी, दाल १ बोरी, नुन ५० किलो गरी ३० हजार बराबरको खाद्यान्न हस्तान्त्रण गरिएको विद्यार्थी नेता बस्नेतले जानकारी दिए ।

Next Post

अबैध उत्खननमा प्रयोग भएका जेसिबि, टेक्टर र टिप्पर नियन्त्रणमा

१२ बैशाख २०७७, शुक्रबार २२:०३
सदरलाइनडटकम, नेपालगञ्ज  : लकडाउनको मौकाछोपी अवैध उत्खनन गर्दै गरेका जेसीबी, टिपर र टेक्टरलाई सशसत्र प्रहरी बल नेपाल नंम्बर ३० गण हेड क्वाटर बागेश्वरी बाँके नेपालगञ्जले नियन्त्रणमा लिएर आवश्यक कारवाहीको लागि जिल्ला समन्वय समिति बाँकेमा बुझाएको छ । सशस्त्र प्रहरीले गत बैशाख ११ गते बिहान २ बजे डुडुवा गाउपालिका–५ कम्दी नजिक […]