युवानेता केसीले राप्तीसोनारीका सबै वडालाई दिए राहत

१२ बैशाख २०७७, शुक्रबार २१:४५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : कोबिड–१९ नोबल कोरोना भाइरस महामारीबाट बच्न आव्हान गरिएको लकडाउनको बिषम परिस्थितिमा बिपन्न तथा ज्यालादारी गर्ने समुदायलाई राहत सामाग्री वितरण गर्न काँग्रेस युवा नेता पोषण केसीले बाँकेको राप्तीसोनारी गाउपालिकाको ९ वटै वडामा ९५ क्वीन्टल चामल हस्तान्त्रण गरेका छन् ।

बाँके राप्तीसोनारी–१ निवासी काँग्रेसका युवा नेता केसीको समन्वयमा राप्तीसोनारी गाउँपालिकामा वडा नम्बर १ लाई १५ क्वीन्टल चामल उपलब्ध गराइएको छ । यसैगरी वडा नम्बर २, ८ र ९ मा जनसंख्याका हिसाबले प्रतेक वडामा १० क्वीन्टल चामल वितरण गरिएको हो ।


नेपाल पत्रकार महासंघका पूर्व महासचिव केसीले लकडाउनको कारण प्रभावितलाई बितरण गर्ने उद्देश्यले प्रत्येक वडामा पुगेर स्थानीय वडाका जनप्रतिनिधिलाई राहत हस्तान्त्रण गरेको बताए ।

उनले शुक्रबार पनि राप्तीसोनारी गाउँपालिकाका वडा नम्बर ३,४,५,६ र ७ मा चामल वितरण गरिएको नेता केसीले जानकारी दिए ।

Next Post

नेपालगञ्ज उपमहानगरलाई ३० हजारको राहतसामाग्री हस्तान्त्रण

१२ बैशाख २०७७, शुक्रबार २१:४५
सदरलाइनडटकम, नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरोना भाइरस महामारीबाट बच्न आव्हान गरिएको लकडाउनको बिषम परिस्थितिमा बिपन्न तथा ज्यालादारी गर्ने समुदाय तथा विद्यार्थीलाई राहत सामाग्री वितरण गर्न नेपालगञ्ज उपमहानगरपालिकालाई राहत सामाग्री हस्तान्त्रण गरिएको छ ।   गोलोबल आइएमई बैंकका कर्माचारी तथा समजसेबी राजु शाहीको नेतृत्व र बिद्यार्थी नेता इन्द्र बस्नेतको सहकार्यमा हाम्रो […]

सम्बन्धित