नेकपा बाँके क्षेत्रनं ३ (क) द्वारा बैजनाथ गाँउपालिकालाई पाँचसय बोरा चामल हस्तान्तरण

१० बैशाख २०७७, बुधबार ०८:५५
 

सदरलाइनडटकम,
नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावित विपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेलाई लक्षित गरी राहत उपलब्ध गराउन नेकपा बाँकेले स्थानीय पालिका मार्फत सुरु गरेको छ ।

यस क्रममा नेकपा बाँके क्षेत्र नं ३ (क) ले लकडाउन प्रभावित विपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेलाई लक्षित गरी बैजनाथ गाँउपालिकालाई राहात समाग्री हस्तान्तरण गरेको छ ।

नेकपा बाँके क्षेत्र नं ३ (क) का ईन्चार्ज नरेन्द्र पाण्डे जेम्सले बैजनाथ गाउँपालिका अध्यक्ष मानबहादुर रुचाललाई पार्टीको तर्फबाट संकलित ५ सय बोरा चामल हस्तान्तरण गरेका हुन । सो चामल ५ लाख मुल्य वरावरको रहेको ईन्चार्ज पाण्डेले जानकारी दिए ।

पाण्डेले नेकपा जनताको सुख दुखको साथि भएको बताउदै उनले यतिबेला भयावह रुपमा विश्वमा फैलिएको कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनलाई पालना गर्न आग्रह गर्दै लकडाउन प्रभावितलाई पार्टी नेता कार्यक्रताबाट संकलित राहत स्थानीय सरकार मार्फत बितरण गर्न हस्तान्त्रण गरिएको बताए ।


सो राहत संकलन समितिका संयोजक तथा संविधान सभा सदस्य एवम नेकपा केन्दीय सल्लाहकार समिति सदस्य पूर्व सिचाई राज्य मन्त्री दलबहादुर सुनारले संकटका समयमा सरकारलाई सघाउनु राजनैतिक दलको कर्तव्य भएको बताउदै स्थानीय सरकारसंग हातेमालो गर्दै संकलित राहात निष्पक्ष तरिकाले तेरो मेरो नभनी बिपन्न, श्रमजिबी मजदुरलाई बितरण गर्न पनि आग्रह गरे ।

उनले पार्टी सदस्यहरु बाट मुठी मानो बचत गरेर बिपन्नका लागि राहात संकलन गरिएको जानकारी दिए । उनले नेकपा जनताको पार्टी भएकाले जनताको सुख दुखमा मलम लगाउन अभियान सञ्चालन गरिएको बताए ।

राहात हस्तान्तरण कार्यक्रममा नेकपा क्षेत्र नं ३ क का संयोजक गुमान दमाई, जिल्ला कमिटी सदस्य घननाथ खनाल, क्षेत्रीय सचिव देवबहादुर रावत, युवा नेता दिपक जिएम, बैजनाथ गाँपालिका अध्यक्ष चन्द्र चौधरी, सचिव मिरा कार्की, दाता सुनिल राईस मिलका सञ्चालक जितबहादुर खत्री लगायतको सहभागिता रहेको थियो । सो राहत संकलनमा दाता सुनिल राईस मिलका सञ्चालक खत्रीले २ लाख, मेरीमाउन्ट बोर्डिङ्ग स्कुलका संस्थापक धनबहादुर खड्का, कोहलपुर न्यू सिटीका प्रकाश आचार्यले ५०/५० हजारको सहयोग गरेका थिए ।

बैजनाथ गाँउपालिका अध्यक्ष मानबहादुर रुचालले बिपन्नका लागि राहात संकलन गरि पालिकालाई सघाएको भन्दै नेकपालाई धन्यवाद दिए । उनले संकलित रकम वास्तबिक बिपन्नसम्म पुर्याउने प्रतिबद्धता जनाए ।

Next Post

जानकीमा एकद्वार प्रणालीबाट राहत वितरण

१० बैशाख २०७७, बुधबार ०८:५५
सदरलाइनडटकम, जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाका सबै वडामा लकडाउनबाट प्रभावित नागरिकलाई एकद्वार प्रणालीबाट राहत वितरण कार्य शुरु भएको छ । कोरोना भाइरस सङ्क्रमण रोकथामका लागि जारी लकडाउनले प्रभावित विपन्न जनतालाई गाउँपालिकाले एकद्वार प्रणालीका आधारमा वडाकार्यालय मार्फत राहत वितरण शुरु गरेको हो । वडा नं. १ साईगाउँले मंगलवारदेखि शुरु गरेको […]