अस्पताललाई तिर्ने पैसा नभएपछि निको हुँदा पनि अस्पतालकै बेडमा

१० बैशाख २०७७, बुधबार ०८:००
 

सदरलाइनडटकम,
कोहलपुर (बाँके)  : बाँकेको कोहलपुर–२ का एक बालक उपचार सकिदा पनि अस्पताललाई तिर्न पर्ने रकमको अभावमा अस्पतालमै बस्नु परेको छ ।

यतिबेला कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणको कारण अस्पतालमा अत्यन्त जटिल बिरामी बाहेक अरु डिस्चार्ज हुँदै गरेको अवस्थामा कोहलपुर–२ का छत्र विकको उपचार सफल भएपनि अस्पताललाई तिर्ने पैसाको अभावका कारण डिस्चार्ज गरेर घर लैजान नपाएका हुन ।

सल्यानको सुइकोट माइतमा गएको बेला वैशाख ३ गते खेल्ने क्रममा रुखबाट लडेर छत्रको दायाँ खुट्टा भाचिएको उनकी आमा गोपी विकले दुखेसो पोखिन । छत्रको नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा उपचार भई रहेको छ ।

विपन्न परिवारकी गोपीले छोराको उपचार सफल भएपनि उपचार खर्च जुटाउन नसक्दा नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरबाट डिस्चार्ज गरेर घर लैजान समस्या परेको बताईन । उनको अवस्था हेरेर अस्पताल प्रशासनबाट केहि रकम छुट भएपनि अरु पैसा जुटाउन नसकेको बताईन ।


उनले भनिन्,–‘श्रीमान् छैनन, पैसा छैन, छोरो बाँचोस् भनेर अस्पताल ल्याए तर उपचार खर्चको जुटाउन कहाँ जाउँ, के गरुँ । एकातिर घरमा खाने अनाज छैन, अर्कोतिर लकडाउनले गर्दा कतै काम गर्न जानै पाइदैन, त्यसमा पनि छोरोको खुट्टाको उपचारले झन पीडा माथि पीडा थपिदियो ।’

मृगौलाले काम गर्न छोडेपछि श्रीमान् को २ वर्षअघि मृत्यु भएको र आफ्नो अवस्था एकदमै नाजुक भएकाले सबैलाई सहयोगका लागि अनुरोध गरेकी छिन् ।

कसैले सामाजिक संजालमा छत्र वि.क.को अवस्थाको बारे जानकारी गराए लगत्तै उनको अवस्था बुझ्न अस्पताल गएको र आफूहरुले सक्दो सहयोग गर्ने मानवअधिकारका लागि महिला, एकल महिला समूहका केन्द्रीय उपाध्यक्ष शोभा बिसीले बताइन् । उनले आफूहरुले व्यक्तितग रुपमा उठाएको ५ हजार र कोहलपुर नगरपालिकाबाट प्राप्त भएको ५ हजार आज अस्पतालमा गएर आमा गोपि विकलाई हस्तारण गरेको बताइन् ।

द्वन्द्वपीडित एकल महिला संजाल बाँकेका अध्यक्ष जयन्ती केसीले गोपि विक. एकल भएकै कारणले कमजोर भएको महशुस हुन नदिन आफूहरुले सबै दिदीबहिनीहरुलाई सहयोग गर्न अनुरोध गरेकी छिन् । उनले केन्द्रीय उपाध्यक्ष सहित बाँके जिल्लाका कार्यसमिति सदस्यहरु अस्पतालमा गएर उनको छोराको उपचार खर्च जुटाउन आफूहरु लाग्ने वचन दिएको पनि बताइन् । साथै उनले सबैलाई यस्तो आपत विपतको बेला सहयोग गर्न आग्रह पनि गरेकी छिन् । कपिल अन्जानको सहयोगमा

Next Post

नेकपा बाँके क्षेत्रनं ३ (क) द्वारा बैजनाथ गाँउपालिकालाई पाँचसय बोरा चामल हस्तान्तरण

१० बैशाख २०७७, बुधबार ०८:००
सदरलाइनडटकम, नेपालगञ्ज  : कोबिड–१९ नोबल कोरोना भाईरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउन प्रभावित विपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेलाई लक्षित गरी राहत उपलब्ध गराउन नेकपा बाँकेले स्थानीय पालिका मार्फत सुरु गरेको छ । यस क्रममा नेकपा बाँके क्षेत्र नं ३ (क) ले लकडाउन प्रभावित विपन्न तथा दैनिक ज्याला मजदुरी गर्नेलाई […]