सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जकाे भेरी अस्पतालमा सञ्चालनमा ल्याईएकाे काेराेना परीक्षण ल्याबले पहिलाे दिन गरेकाे परिक्षणमा ९ जनाकाे काेराेना रिपोर्ट नेगेटिभ देखिएकाे छ । काेराेना परिक्षण ल्याव स्थपना भएपछि आईतबारबाट भेरीमा काेराेना परीक्षण सुरू गरीएकाे थियाे ।
आईतबार गरीएकाे परिक्षणमा नेपालगन्ज मेडिकल कलेजकाे आइसोलेसनमा उपचारका क्रममा मृत्यु भएका ब्यक्ति सहित ९ जनामा कोरोना नभएको पुष्टि भएको भेरी अस्पतालका मेसु डा प्रकाशबहादुर थापाले जानकारी दिए ।
भेरी अस्पतालमा पिसिआर विधिबाट गरिएको स्वाब परिक्षणको रिपोर्ट नेगेटिभ आएको हो । उनकाे मृत्यु कोरोनाबाट नभएको पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिए ।
भेरी अस्पतालको पिसिआर मेसिनबाट परिक्षण गरिएका अन्य ८ जनाको रिपोर्ट पनि नेगेटिभ आएको अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. थापाले जानकारी दिए ।