जमुनाहा नाकाबाट भित्रिएका ट्रक फिर्ता

७ बैशाख २०७७, आईतवार २०:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल भारतस्थित बाँकेको जमुनाहा नाकाबाट भित्रिएका मालवाहक ट्रकलाई फिर्ता पठाइएको छ । चालक र सहचालकलाई ज्वरो आएको इन्फ्रारेडर मिटरले देखाएपछि उनीहरुलाई फिर्ता पठाइएको हो ।
दुबै ट्रकमध्ये एउटामा केरा र एकमा कोइला लोड थियो । नेपाल सरकारले लकडाउनको घोषण गरेपनि अत्यावश्कीय वस्तुको ढुवानी सहज गरेको छ । उक्त नाकाबाटा दैनिक पचासभन्दा बढी मालवाहक साधन भित्रिएपनि जमुनाहा नाकामा आएको सो ट्रकको चालक र सहचालकको ज्वरो नापेर भित्र्याइने गरिएको छ ।
साथै गाडीलाई सेनिटाइजसमेत गर्ने गरिएको छ । आइतवार नेपाल प्रवेश गर्न लागेका चारवटा गाडीमध्ये दुईवटामा चालक र सहचालकलाई ज्वरो आएको पाइएपछि उनीहरुलाई फिर्ता पठाइएको हो ।

Next Post

चारबजेदेखि लकडाउन कडा पारिदै

७ बैशाख २०७७, आईतवार २०:४७
सदरलाइनडटकम, नेपालगञ्ज  :  कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिन आव्हान गरिएको लकडाउनलाई बाँकेमा थप कडा बनाईने भएको छ । जिल्ला प्रशासन कार्यालय बाँकेले लकडाउन अवधिमा औषधि पसल बाहेकका कुनै पनि पसल तथा ब्यवसाय संचालनमा रोक लगाउदै एक सुचना जारी गर्दै प्रशासन कार्यालय बाँकेले सोमबारदेिख अनिश्चितकासम्मका लागि बेलुका ४ बजेपछि कुनै […]