नेपालगञ्जका पत्रकारलाई राहत दिइने

३ बैशाख २०७७, बुधबार १८:४७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जका क्रियाशिलमध्ये समस्यामा रहेका २० जना पत्रकारलाई राहत प्रदान गरिने भएको छ । नेपालगञ्जलाई कार्यक्षेत्र बनाई पत्रकारिता गर्दै आएका र लकडाउनले समस्यामा परेका २० जना पत्रकारलाई बिहीवार राहतस्वरुप खाद्यान्न प्रदान गरिने भएको हो ।
आफ्नो जीउज्यानको सुरक्षाको खयाल नगरी दिनरात जनतालाई सूचनाको हक प्रत्याभूत गराउन रिर्पोटिङमा खटिरहेका पत्रकारलाई लकडाउनले जीवनयापान गर्न गाह्रो भएको हुँदा राहतस्वरुप खाद्यान्न बितरण गर्न लागेको गोल्डेन एज अनलाइन प्रालिका प्रमुख जय सिंह केसीले जानकारी दिए ।
लकडाउनले सर्वसाधारणसंगै पत्रकारहरुलाई पनि जीवनयापन गर्न समस्या भइरहेपनि सरकारले कुनै राहत दिन नसक्दा राज्यको चौथो अंग पत्रकारलाई सानो सहयोग गर्न लागेको प्रमुख केसीको भनाई छ ।
सहयोग पाउने पत्रकाहरुमा थारु, मधेशी र पहाडी समुदायका रहने जनाइएको छ । केसीले यसअघि कोहलपुरमा क्रियाशिल १० जना पत्रकार, कोहलपुर वडा नं. ८ का नागरिकलाई राहतस्वरुप खाद्यन्न तथा दशगजामा निर्माण गरिएको अस्थायी क्वारेन्टाइनमा बसेकाहरुलाई खाजा बितरण लगायतको सहयोग गरेका छन् ।

Next Post

दशगजा क्वारेन्टाइनमा रहेका सबैको रिपोर्ट नेगेटिभ

३ बैशाख २०७७, बुधबार १८:४७
सदरलाइनडटकम, नेपालगञ्ज : नेपाल भारत सीमानाका जमुनाहास्थित दशगजामा बनाइएको अस्थाई क्वारेन्टाइनमा राखिएका सबैको रिपोर्ट नेगेटिभ आएको छ । क्वारेन्टाइनमा रहेका १८१ जनाले १४ दिन पुरा गरेपछि उनीहरुको बिहीवार आरडीटी प्रविधीद्वारा परीक्षण गरिएको हो । अब भारतबाट भित्रिएकाका लागि बनाइएको उक्त क्वारेन्टाइन खाली हुने भएको छ । सबैको रिपोर्ट नेगेटिभ आएपछि […]