नेपालगञ्जका क्वारेन्टाईनमा बसेकालाई लायन्स क्षेत्रनं. ६ द्वारा दुई छाकको खाना

२३ चैत्र २०७६, आईतवार २२:१७
 

सदरलाइनडटकम,
नेपालगञ्ज : लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि–२ नेपाल अन्तरगत ६ नम्बर क्षेत्रका लायन्स सदस्यहरुले बाँकेको दशगजा क्षेत्रमा रहेको क्वारेन्टाइनमा बसेका नेपालीहरु तथा भारतीय मजदुरलाई दुई छाक खानाको व्यवस्था गरेका छन ।

कोबिड–१९ कोरना भाइरसको संक्रमणबाट जोगिनको लागि आव्हान गरिएको लकडाउनका कारण प्रभावितलाई मानविय सहयोग पुराउने उद्देश्यले लायन्स क्लब इन्टरनेशनल डिस्ट्रिक्ट ३२५ बि–२ का संस्थापक डिस्टिक गभर्नर सेमराज शाक्य र पूर्व डिस्टिक गर्भनर मधुसुदन शर्माको पहलमा लायन्स लिडरहरु मुकुट ढकाल, ज्ञानेन्द्र श्रेष्ठ, कृष्णप्रसाद श्रेष्ठ, नरेन्द्र श्रेष्ठलगायतको सक्रियतामा सो खानाको व्यवस्था गरिएको हो ।

नेपालगञ्जको दशगजामा रहेको अस्थायी क्वारेन्टाइनमा रहेका १ सय ८१ जना नेपाली, उनिहरुको सुरक्षामा खटिएका नेपाली सुरक्षाकर्मी तथा भारत तिरका भारतीय सुरक्षाकर्मी समेत गरेर झण्डै ३ सय ४० जनालाई दुई छाक खाना खुवाइने लायन एमजेएफ कृष्ण प्रसाद श्रेष्ठले जानकारी दिए ।


नेपालगञ्ज उपमहानगरपालिकाले एकद्वार प्रणालीबाट खानाको व्यवस्थापन गर्ने र गराउने भनेको हुनाले खानाका लागि आवश्यक पर्ने सामाग्रीहरु गुरुद्वारालाई उपलब्ध गराइएको एडभाइजर लायन ज्ञानेन्द्र श्रेष्ठले जानकारी दिए ।

नेपालगञ्जका शिख समुदायले नेपालीहरु सुरुवाती दिनदेखि नै सिमा नाकामा बिचल्ली पर्दादेखि हालसम्म नेपालगञ्जको स्थानीय गुरुद्वारामा खाना बनाई खाना खुवाउने कार्य गर्दै आएको छ ।

Next Post

गोली हानेर डोटीमा युवतीको हत्या

२३ चैत्र २०७६, आईतवार २२:१७
सदरलाइनडटकम, डोटी : डोटीमा एक युवतीको गोली हानी हत्या भएको छ । जोरायल गाउँपालिका–४ देउथलास्थित नङ्नी टोलकी २० वर्षीया अनिता वनको गोली हानी हत्या भएको प्रहरीले बताएको छ । जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रमुख तथा प्रहरी उपरीक्षक दिलीपसिंह देउवाका अनुसार आइतवार राती गोली हानी हत्या गरिएको हो । भरुवा […]