रिलिफ फण्डमा जोडिने मनकारीहरु ४० पुगे

२३ चैत्र २०७६, आईतवार ०८:४१
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाको पहलमा स्वस्फूर्त गठित कोबिड–१८ रिलिफ फण्डमा मनकारी मनहरु जोडिने क्रम जारी छ ।

अहिलेसम्म यो फण्डमा विभिन्न क्षेत्रमा संलग्न भएका ४० जना जोडिदै सहयोग गरेका छन् ।


समग्र विश्व कोरोना भाइरसको महामारीबाट आक्रान्त भएको बेलामा नेपाली पनि त्यसको जोखिमबाट आफू, आफ्नो परिवार र समाजलाई बचाउनका लागि सरकारले दिएको निर्देशनलाई पालना गर्दै लकडाउनमा बसेको अबस्थामा खासगरी बढी पीडित हुनपुगेको बर्ग जो बिहान बेलुकाको छाक टार्न पनि कठिन भएकालाई स्थानीय सरकार मार्फत सहयोग पुराउने उद्देश्यले गठित यस फण्डले मानविय सहयोग पनि जारी राखेको छ ।

फण्डले यस अघि बाकेका ७ वटा स्थानीय तहलाई हस्तान्तरण गरि सकेको छ । नेपालगन्ज उपमहानगरपालिकालाई आइतबार दिउसो –आज) बितरण गरिने जनाईएको छ ।

Next Post

कोरोनाविरुद्ध सुईको चीनमा सफल परीक्षण

२३ चैत्र २०७६, आईतवार ०८:४१
सदरलाइनडटकम, काठमाण्डौ : चीनमा आविष्कार गरिएको कोरोना भाइरस (कोभिड–१९) को सुई (भ्याक्सिन) लगाएका चिनियाँ स्वयंसेवकहरुको पहिलो टोली स्वस्थ रहेको बताइएको छ । सुई लगाएपछि १४ दिने क्वारेन्टाइनको बसाईंमा उनीहरु सबै स्वस्थ रहेको डेलीमेलले जनाएको छ । वुहानमा गरिएको पहिलो परीक्षणमा भाग लिएका १४ जना स्वयंसेवक फिर्ता भएका हुन् । शुक्रवारसम्म […]