एकद्वार प्रणालीबाट राहत वितरण गर्दै जानकी

२० चैत्र २०७६, बिहीबार २०:२७
 

सदरलाइनडटकम,
जानकी (बाँके) : बाँकेको जानकी गाउँपालिकाले कोरोना भाईरस (कोभिड–१९) रोकथामको लागि जारी लकडाउनबाट प्रभावित विपन्न समुदायलाई एकद्वार प्रणालीबाट राहत वितरण गर्ने जनाएको छ ।

सरकारले एकद्वार प्रणालीमार्फत राहत वितरण गर्ने नीति लिए वमोजिम गाउँपालिकाबाटै राहत सङ्कलन तथा वितरण गरिने अध्यक्ष रामनिवास यादवले जानकारी दिदै गाउँपालिकामा रहेका दैनिक ज्यालादारी मजदुर तथा विपन्न समुदायको वडागत तहमा तथ्याङ्क सङ्कलन भईरहेको जानकारी दिदैँ छिट्टै राहत वितरण गरिने बताए ।

गाउँपालिकाले एकद्वार प्रणालीबाट राहत बाँडिने भएकोले यस्तो विपतको समयमा आफुखुशी राहत सङ्कलन तथा वितरण नगरी एकद्वार प्रणालीमा आउन अध्यक्ष यादवले सबैमा आग्रह समेत गरेका छन् ।


कोरोना भाईरस सङ्क्रमण फैलन नदिन गाउँपलिकाले सम्पूर्ण स्रोत साधन परिचालन गरिसकेकोले यो महामारी विरुद्धको लडाईमा सबै पालिकावासी तथा सङ्घ–संस्थाले गाउँपालिकालाई सहयोग गरी एकसाथ लाग्न उनले अनुरोध गरे ।

लकडाउनबाट प्रभावित गरिखाने मजदुर तथा विपन्न समुदायलाई सहयोगको लागि गाउँपालिकाले विपद् तथा प्रकोप ब्यवस्थापन कोष सञ्चालन गरेकोले उक्त कोषमार्फतै सहयोग र समन्वय गरी एकद्वार प्रणालीबाट राहत वितरण गरिने गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत हरिबहादुर खत्रीले जानकारी दिएका छन् ।

उनले जारी लकडाउनबाट प्रभावित दैनिक काम गरी खाने मजदुर र विपन्न वर्गलाई सहयोग गर्न चाहने सङ्घ संस्था तथा व्यक्तिहरुले एनआईसी एसिया बैंक खजुरा शाखामा जानकी गाउँपालिकाको नाममा रहेको खाता नं. बी १ सी ए १४९८३२१५२४०३ मा रकम जम्मा गर्ने ब्यवस्था मिलाईएको बताए ।

Next Post

बर्दियामा दुई जनाको रिपोर्ट नेगेटिभ, एकको आउँन बाँकी

२० चैत्र २०७६, बिहीबार २०:२७
सदरलाइन / सुदीप अधिकारी, बर्दिया  : कोरोना भाइरस संक्रमणको आशंकमा अहिलेसम्म गरिएको नमुना परीक्षणमा बर्दियामा दुई जनाको रिपोर्ट नेगेटिभ देखिएको छ । भने एक जनाको रिपोर्ट आउन बाँकी छ । २ जना आइसुलेसन र एक जना क्वारेन्टाइनमा बसेकाको नमुना परीक्षणका लागि जनस्वास्थ्य प्रयोगशाला काठमाण्डौँ पठाइएको थियो । नमुना पठाइएको मध्ये […]

सम्बन्धित