नेपाल–भारत सुरक्षा अधिकारीबीच रुपईडिहामा छलफल

१९ चैत्र २०७६, बुधबार १८:२८
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपाल र भारतका सुरक्षा अधिकारीबीच आज रुपईडिहामा समसामयिक विषयमा छलफल भएको छ । रुपईडिहास्थित आदर्श थाना कार्यालयको आगन्तुक कक्षमा बुधवार अपरान्ह छलफल भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खडका, बहराइचका जिल्ला अधिकारी शम्भु कुमारको विशेष उपस्थितीमा सुरक्षा अधिकारीसहितको वैठकमा कोरोनाभाइरस विरुद्धको दुई देशीय अवस्था, उद्धार र नियन्त्रणको प्रयासबारे छलफल भएको हो ।
भारत र नेपालमा लकडाउन गरिएपनि भारतका विभिन्न स्थानबाट सीमानाका पुगेका नेपालीहरुको नेपाल प्रवेशपछिको उत्पन्न अवस्था र आपसी समन्वयबारे अधिकारीबीच छलफल भएको छ ।
समन्वयमै दुवै देशका नागरिकको उद्धार गर्ने सहमती भएको छ । वैठकमा बाँकेका प्रहरी उपरीक्षक विरबहादुर वली, सशस्त्र प्रहरी उपरीक्षक दिपक अधिकारी, बहराइचका पुलिस अधिक्षक विपिन कुमार मिश्रलगायतको उपस्थिती थियो ।

Next Post

होटलबाट क्याम्पसको क्वारेनटाइनमा स्थानान्तरण

१९ चैत्र २०७६, बुधबार १८:२८
सदरलाइनडटकम, नेपालगञ्ज : नेपालगञ्जको होटेल सामथ्र्य इनमा बनाइएको क्वारेन्टाइनमा राखिएकाहरुलाई बुधवार पुनः महेन्द्र बुहमुखि क्याम्पसमा पठाइएको छ । होटेलमा राखिएका दशै जनाको परीक्षण रिर्पोट नेगेटिभ देखिएपछि मंगलवार साँझसम्म रहेका ५ जनालाई क्याम्पसमा स्थानान्तरण गरिएको हो । अन्यलाई यसअघि नै घर पठाईसकिएको छ । कोरोना भाइरसको बिश्वव्यापी प्रकोप बढिरहेका बेला भारत […]

सम्बन्धित