२०८३ कात्तिक ६ , बिहीबार
Sadarline
२०८३ कात्तिक ६ , बिहीबार

खाद्यान्नसहित सुकुम्बासी बस्तीमा पुगे वडा अध्यक्ष बर्मा



सदरलाइनडटकम,
नेपालगञ्ज :  कोबिड–१९ नोबल कोरना भाईरसको संक्रमणबाट जोगिन सरकारले आव्हान गरेको लकडाउनका कारण दैनिक जीवनयापनमा समस्या परिरहेका नेपालगञ्ज–१८ नयाँगाउँ सुकुम्बासी वस्तीमै पुगेर खाद्यान्न सहयोग गरिएको छ ।

सो वडाका वडा अध्यक्ष दिपक वर्माको पहलमा ४१ विपन्न घरपरिवारलाई ५ किलो चामल, एक किलो दाल, एक किलो प्याज र दुई किलो आलु सहयोग गरिएको हो ।

नयाँ वस्तीमा बसोबास गर्नेमध्ये अधिकाँश दैनिक ज्याला मजदुरी गरेर जीविकोपार्जन गर्दै आएकाहरु लकडाउनका कारण समस्यामा परेको जानकारी आएपछि वडाका तर्फबाट सो सहयोग गरेको अध्यक्ष वर्माले जानकारी दिए ।

लकडाउनका कारण दैनिक ज्यालादारीमा जान नपाउदा भोकै बस्नु पर्ने अवस्थामा खाद्यान्नसहित बस्तीमा पुगेका वडा अध्यक्ष वर्माको टिमलाई स्थानीयबासीले अभावमा सहयोग गरेको भन्दै प्रशंसा गरेका छन् ।

वडा अध्यक्ष बर्माले सबै नागरिकलाई कोरनाको संक्रमणबाट जोगाउन राज्यले लकडाउनको आव्हान गरेको बताउदै लकडाउन पूर्ण पालना गरी अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन वडाबासीमा आग्रह समेत गरेका छन् ।

उनले समस्यामा परेका विपन्न समुदाय अन्यलाई पनि सहयोग गरिने जानकारी दिदै संकटको अवस्थामा जनप्रतिनिधीले समस्यामा परेका नागरिकलाई सहयोग गर्नु पहिलो कर्तव्य भएको बताए ।

यसैगरी सो वडाका सबै घरधुरीमा हातधुने सावुन र मास्क वितरण गरि सकिएको जानकारी दिदै सबै वडाबासीलाई कोरोनाको संक्रमणबाट जोगिनको लागि सरकारलाई लकडाउनको पालना गरेर सहयोग गर्न अपिल गरे ।

प्रकाशित मिति : २०७६ चैत १६ गते आइतबार
ताजा समाचार