कोबिड–१९ रिलिफ फण्ड बाँकेलाई मुटुरोग बिशेषज्ञ डा. अधिकारीको सहयोग

१४ चैत्र २०७६, शुक्रबार ०८:२४
 

सदरलाइनडटकम,
नेपालगञ्ज  :  कोबिड–१९ रिलिफ फण्ड बाँकेमा सहयोगी मन जोडिने क्रम जारी छ । पछिल्लो समय भेरी अस्पताल नेपालगञ्जमा कार्यरत मुटुरोग विशेषज्ञ डा. कृष्णप्रसाद अधिकारी जोडिएका छन् ।

उनले सो फण्डमा आफ््नो तर्फबाट २५ हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् । यस अघि भेरी अस्पतालका प्रमुख कन्सल्टेन्ट फिजिसियन डा. राजन पाण्डे, स्त्रीरोग विशेषज्ञ डा. कुमार सान शाह, नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालका बालरोग विशेषज्ञ डा. रोमा बोराले फण्डमा सहयोग गरी सकेका छन् ।


विश्वभरी फैलिएको कोभिड–१९ नोबल कोरोना भाइरसको संक्रमणबाट जोगिनको लागि सरकारले आव्हान गरेको ‘लकडाउन’का कारण प्रभावित तथा अत्यावश्यक सेवाबाट बञ्चित हुनेलाई लक्षित गरी यो फण्टको स्थापना गरीएको हो ।यो फण्ड लकडाउनको कारण अलपत्र परेका, दैनिक ज्याला मजदुरी गरी जीविका चलाउनेहरु जो लकडाउनका कारण प्रभावित भएका छन् । उनीहरुलाई लक्षित गरी सहयोग गर्ने उद्देश्यले स्थापना गरिएको हो ।

पाँच नंम्बर प्रदेश सभा सदस्य कृष्णा केसी नमुनाले सरकारले आव्हान गरेको ‘लकडाउन’लाई सहयोग पुराउन सबैले आ–आफ्नो घरमा बसेर यो विपदको घडिमा आफु र आफन्तलाई जोगाउन सहयोगको लागि अपिल गर्दै स्वःस्फूर्तरुपमा मानविय सहयोगको लागि फण्डको स्थापना गरेकी हुन । अहिलेसम्म सो फण्डमा बिभिन्न मनकारी मनहरुबाट करिव चारलाखको प्रतिबद्धता जनाईएको छ ।

Next Post

डुडुवामा ७ लाखको आकस्मिक कोष स्थापना

१४ चैत्र २०७६, शुक्रबार ०८:२४
सदरलाइनडटकम, डुडुवा (बाँके) : कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट बच्न तथा प्रभावकारी व्यवस्थापनका लागि बाँके डुडुवा गाउँपालिकाले आकस्मिक कोषको स्थापना गर्ने निर्णय गरेको छ । गाउँपालिकामा आर आर टिको बैठकले कोरोनाबाट उत्पन्न जटिल समस्याको व्यवस्थापन तथा कार्यान्वयनका लागि ७ लाखको आकस्मिक कोष बनाउने निर्णय गरेको छ । गाउँपालिका अध्यक्ष […]