सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्ज उद्योग वाणिज्य संघले कोबिड–१९ नोबल कोरोना भाइरसको संक्रमणका बिरुद्ध अस्पतालमा खटिने स्वास्थ्यकर्मीलाई संक्रमणबाट जोगाउने उद्देश्यले प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको छ ।
संघले भेरी अस्पताल, नेपालगञ्ज मेडिकल कलेज र राँझास्थित नेपाली सेनाको अस्पतालमा प्राइभेट प्रोटेक्टिभ इक्विपमेन्ट (पिपिई) उपलब्ध गराएको जनाएको छ ।
संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरी र महासचिव चिरञ्जीवी ओलीले तीनवटै स्वास्थ्य निकायलाई ६ सय २० बढि पिपिई हस्तान्तरण गरेको जानकारी दिए । थप अन्य पिपिई तयार गरिदैको अवस्था रहेको जनाएको छ ।
पिपिई कोरोना संक्रमण भएका बिरामीको स्वास्थ्य उपचार गर्ने स्वास्थ्यकर्मीले आफ्नो सुरक्षाका लागि लगाउनै पर्ने कपडा हो । नेपालगञ्जमा यो उपलब्ध नहुँदा स्वास्थ्यकर्मीहरुले बिरामीको स्वास्थ्य परीक्षण गर्नै नसक्ने अवस्था उत्पन्न भएको थियो । स्वास्थ्यकर्मीको मागलाई ध्यानमा राख्दै नेपालगञ्ज उद्योग वाणिज्य संघले पिपिईको सहयोग गरेको हो ।
संघका अध्यक्ष मन्सुरीले चिकित्सकको सल्लाह अनुसार पिपिई तयार भएको बताउदै संघका अध्यक्ष मन्सुरीले भने,–‘कोरोना बिरुद्धको अभियानमा निरन्तर सहयोग रहने छ ।’