सदरलाइनडटकम,
नेपालगञ्ज : बाँकेमा मंगलवारदेखि जनता कर्फ्यु लगाइने भएको छ । आइतवारदेखि पूर्णरुपमा बन्द गरिएपनि स्थानीयले अटेरी गरेपछि जनता कर्फ्यु लगाइने भएको हो ।
बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सोमवार पत्रकार सम्मेलनमार्फत कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले मानिसको चहलपहललाई न्युन गर्न मंगलवारदेखि जनता कर्फ्यु लाग्ने बताए ।
उनले यसक्रममा सबैलाई आ–अफ्नो घरमा बस्न अनुरोधसमेत गरे । विश्वव्यापीरुपमा कोरोनाको संक्रमण फैलदै गएपछि सतर्कता अपनाउन यस्तो गर्न लागिएको जनाइएको छ ।


