नेपालगञ्जमा दैनिक उपभोग्य वस्तु पर्याप्त

१० चैत्र २०७६, सोमबार १८:२५
 

सदरलाइनडटकम,
नेपालगञ्ज : नेपालगञ्जमा दैनिक उपभोग्य वस्तुहरु पर्याप्त मात्रामा पाइएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले सोमवार गरेको संयुक्त बजार अनुगमनमा नेपालगञ्जमा खाद्यान्न, किराना तथा खाना पकाउने ग्याँस पर्यापत मात्रामा पाइएको नेपालगञ्ज उप–महानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेलले जानकारी दिए ।
टोलीले कमला मेडिसिन, कमला इन्टरनेशनल र कृष्ण इन्टरनेशनल तथा ब्राईट किराना पसल र श्रीष सप्लायर्सको अनुगमन गरेको हो । नेपालगञ्ज किराना तथा खाद्य ब्यवसायी संघका अध्यक्ष समेत रहेका ब्राईट किराना पसलका सञ्चालक फनाधर भण्डारीलाई नेपालगञ्जमा खाद्यान्न तथा किराना सामान प्रर्याप्त मात्रामा रहेको जानकारी गराए ।
बजार अनुगमनमा बाणिज्य कार्यालयका प्रमुख कृष्णप्रसाद पौडेल, नेपालगञ्ज उपमहानगरपालिकाका बरिष्ठ कार्यक्रम अधिकृत शरद पौडेल, विमल गुरुङ, गणेश कार्की, सुरेशराज पौडेल, गुणस्तर तथा नापतौलका योगेन्द्र पौडेल, खाद्य प्रविधिका नेत्रा पौडेल, जिल्ला प्रशासन कार्यालयका बेदेश्वर पौेडल, उपभोक्ता हित संरक्षण मञ्चका प्रभातकुमार ठकुरी लगायतको सहभागिता रहेको थियो ।
यसैबीच अनुगमन टोलीले प्रमाणपत्र टाँस नगरेको र मास्कको अधिकतम खुद्रा मुल्य नतोकेको भन्दै कमला मेडिसिन, कमला इन्टरनेशनल र कृष्ण इन्टरनेशनलाई पचास–पचास हजार जरिवाना गराएको बाणिज्य कार्यालयका प्रमुख पौडेलले जानकारी दिए ।

Next Post

मंगलवारदेखि बाँकेमा जनता कर्फ्यु लगाइने

१० चैत्र २०७६, सोमबार १८:२५
सदरलाइनडटकम, नेपालगञ्ज : बाँकेमा मंगलवारदेखि जनता कर्फ्यु लगाइने भएको छ । आइतवारदेखि पूर्णरुपमा बन्द गरिएपनि स्थानीयले अटेरी गरेपछि जनता कर्फ्यु लगाइने भएको हो । बाँकेका प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले सोमवार पत्रकार सम्मेलनमार्फत कोरोना संक्रमणको जोखिमलाई न्युनिकरण गर्ने उद्देश्यले मानिसको चहलपहललाई न्युन गर्न मंगलवारदेखि जनता कर्फ्यु लाग्ने बताए । उनले […]