सदरलाइनडटकम,
कोहलपुर (बाँके) : कोरोना बिरुद्ध सचतेना अपनाउदै कर्णाली–बाँके विद्यार्थी सम्पर्क मञ्चले कोहलपुरमा निस्शुल्क मास्क विरतण गरेको छ ।
मञ्चले कोहलपुरको न्युरोडमा मास्क वितरण गरेकोहो । बाटोमा हिड्ने आम नागरिक तथा सवारी चालकलाई कोरोनाबारे सचेतनामूलक जानकारी दिँदै मास्क वितरण गरिएको हो ।
विश्वमा स्वास्थ्य समस्याका रुपमा फैलिएको कोरोना भाईरसको संक्रमणबाट जोगिन पूर्व तयारीका लागि साढे पाँच सय मास्क वितरण गरिएको मञ्चका अध्यक्ष अमृत खत्रीले जानकारी दिए ।