सदरलाइनडटकम,
नेपालगञ्ज : प्रेस संगठन बाँकेको प्रथम पूर्णकालीन बैठक सम्पन्न भएको छ । नेपालगञ्जमा शुक्रवार सम्पन्न बैठकले कोरोना भाइरस संक्रमण हुन नदिन सचेत र सजगत भइ काम गर्न सम्पूर्ण सञ्चारकर्मीमा अपील गरेको छ ।
बैठकले पत्रकार खगेन्द्र दाहाल र रामु ओलीलाई जिल्ला कार्यसमिति सदस्यमा मनोनित गरेको छ । प्रेस संगठन बाँकेका संयोजक डक्टप्रसाद धितालको अध्यक्षतामा बसेको बैठकमा संगठनका आगामी रणनीति र सचिवालय गठनका सम्बन्धमा समेत छलफल भएको संगठनका सहसंयोजक हेमन्त विकले जानकारी दिए ।


