सदरलाइनडटकम,
कैलाली : मोटरसाईकल दुर्घटना हुँदा कैलालीमा दुई जनाको मृत्यु भएको छ । गोदावरी नगरपालिकाको गोदावरी हनुमान मन्दिर नजिक से ३ प ३३६५ नम्वरको मोटरसाईकल अनियन्त्रित भएर दुर्घटना हुँदा घाईते भएका दुवै जनाएको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा कञ्चनपुरको कृष्णपुर नगरपालिका ७ का २५ बर्षीय कृष्ण कुँवर र सोही ठाउँका २६ बर्षीय श्याम कुमार कुँवर रहेको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायव उपरीक्षक दक्षकुमार बस्नेले बताए ।
गम्भिर घाईते भएका दुबैलाई उपचारका लागि सेती प्रादेशिक अस्पतालमा ल्याउँदै गर्दा मृत्यु भएको जनाएको छ ।


