सदरलाइनडटकम,
नेपालगञ्ज : कोरोना भाइरस (कोभिड १९ ) रोग विरुद्धका कार्यक्रम सञ्चालनका लागि वडास्तरमा समेत पहल गरिदैछ ।
नेपालगञ्ज उपमहानगरपालिका वडा न १० ले कोरोना भाइरस रोग भित्रिन नदिन वडास्तरमा विभिन्न कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ ।
वडा अध्यक्ष विन्दुभुषण बस्नेतको अध्यक्षतामा आज विहीबार बसेको बैठकले कोरोना भाइरस रोग विरुद्धका कार्यक्रम गर्न वडा स्तरिय समन्वय समिति गठन गरेको छ ।
वडा सचिव शान्ति केसी सदस्य सचिव रहेको १३ सदस्यीय समितिले कोरोना भाइरसको संक्रमण फैलिन नदिन तथा शंकाष्पद व्यक्तिहरुको निगरानी र उपचारको व्यवस्था मिलाउने लगायतका कार्य गर्ने छ ।
वडा स्तरिय समन्वय समितिको वैठकले कोरोना भाइरस रोग विरुद्ध सचेतनामुलक लगायतका विभिन्न कार्यक्रम गर्ने निर्णय गरेको छ ।
शहरी स्वास्थ्य केन्द्रकोे समन्वयमा वडास्तरमा माईकिङ गर्ने, पर्चा÷पम्पलेट वितरण गर्ने र विभिन्न स्थानमा स्वास्थ्य सरसफाई लगायतका कार्यक्रम गर्ने निर्णय गरिएको छ । कोरोना भाइरस रोगविरुद्ध खटीने अभियन्ताहरुका लागि मास्क तथा स्यानी टाइजेशन समेत उपलव्ध गराइने वडा सचिव तथा समन्वय समिति सदस्य सचिव केसीले जानकारी दिईन ।
आवश्यक्ता अनुसारका सचेतना तथा उपचारात्मक कार्यक्रम पनि गर्न सकिने वडा अध्यक्ष बस्नेतले जानकारी दिए । यस अघि नेपालगञ्ज उपमहानगरपालिकाले कोरोना भाइरस रोकथाम, पुर्व तयारी र उपचारका लागि टास्कफोर्स सहित कोष निर्माण गरेको छ ।